सेनाले चीनसंग किनेको स्वास्थ्य सामग्री खासा आइपुग्यो

२ जेष्ठ, काठमाडौं । नेपाली सेनाले चीनसंग किनेको स्वास्थ्य सामग्री सडकमार्गबाट खासा आइपुगेको छ । उक्त सामग्री खाशाबाट आजै तातोपानी नाका हुँदै नेपाल भित्रिंदैछ ।

नेपाली सेनाका १० कन्टेनर सामान खासा आइपुगेको तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिए ।

उनले उक्त सामान आजै नेपाल भित्रने र भोलिसम्म काठमाडौं आइपुग्ने प्रमुख खत्रीले बताए । खासा बजार तातोपानी नाकाबाट १० किलोमिटर माथि पर्छ ।

Advertisement

सेनाले करिब ३ सय ४३ टन स्वास्थ्य सामग्री ल्याउन लागेको हो ।  अति आवश्यक स्वास्थ्य सामग्री २ वटा विमान चार्टर गरेर ल्याउने सेनाको तयारी भएतापनि सडक मार्गबाट ती सामग्री छिट्टो आइपुगेका हुन् ।

विमानबाट ल्याउने सामग्री गाोन्जाउ विमानस्थलमा भन्सार जाँच भइसकेपनि चिनियाँ पक्षले विमान लिएर आउनु नभनेका कारण अड्किएको बताइएको छ ।

Advertisement

सरकारको निर्देशन अनुसार सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत कोरोना संक्रमण नियन्त्रणका लागि आवश्यक ६७ थरीका स्वास्थ्य सामग्री खरिद गरेको थियो । त्यसको लागि २ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

सेनाले मन्त्रिपरिषदको चैत १६ को निर्णयअनुसार चीनको सरकारी कम्पनी साइनो फर्म इन्टरनेसनल कर्पोरेसनबाट जीटुजी प्रक्रियामार्फत स्वास्थ्य सामग्री ल्याउन वैशाख ७ मा सम्झौता गरेको थियो ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top