कोभिड–१९ पुष्टि हुने क्रम जारी, सङ्क्रमितको कुल सङ्ख्या २७८ पुग्यो

३ जेठ ७७, शनिबार

३ जेष्ठ, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुई जनामा कोरोना संक्रमण देखिएको बताएको छ ।

Advertisement

यो सँगै संक्रमितको संख्या २७८ पुगेको छ । जसमा ३६ जना निको भएर घर फर्किएका छन् । मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङ डा. विकास देवकोटाले महोत्तरी ५२ वर्षीय पुरुष र काभ्रे जिल्लाका २६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण देखिएको जानकारी गराए ।

संक्रमितमध्ये पुरुष २२४ जना रहेका छन् भने ५४ जना महिलाहरु रहेका छन् । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट ६५ हजार ७ सय ४९ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म २६ हजार ६ सय ९१ परीक्षणहरु छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top