×

NEPAL TIMES UPDATES

Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026
Playing
ग्यास अभाव धान्न अबदेखि आधा सिलिन्डर मात्रै ग्यास
Mar 12, 2026
Playing
गगनले सभापति त्याग्ने कि समाइरहने ? अन्तर द्धन्द गहिरिदै|| Nepal Times
Mar 12, 2026
Playing
यु द्ध बाट भाग्ने अन्तिम तयारीमा ह्वाइट हाउस ? यु द्ध सकिए को विजेता ? || Nepal Times
Mar 12, 2026
Playing
कोशीमा श्रम संस्कृति दोस्रो,कांग्रेस,एमाले तेस्रो,चौथो || Nepal Times
Mar 12, 2026
Playing
खाडीमा इरानी मि सा इल, तेल १०० डलर नाध्यो, नेपालमा ग्यासको लाइन || Nepal Times
Mar 12, 2026

ट्रम्प र मोदीबीच फोनवार्ता, काेराेना विरुद्ध मिलेर लड्ने प्रतिबद्धता

३ जेष्ठ २०७७

३ जेठ, वासिङ्टन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच शुक्रबार साँझ फोनवार्ता भएको छ ।

प्राप्त समाचारअनुसार उनीहरूबीचको फोनवार्ताका क्रममा पछिल्लो समयमा अमेरिका र भारतले कोभिड १९ संक्रमणका विरुद्धमा गरिरहेको संघर्षका बारेमा कुराकानी भएको छ ।

फोनावार्ताका क्रममा राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारत अमेरिकाको एक असल मित्रराष्ट्र भएको बताएका थिए । अमेरिकामा राष्ट्रपति ट्रम्पले त्यहाँ रहेका भारतीय अमेरिकीहरूलाई सन्देश दिने क्रममा सो धारणा राखेका हुन्। वासिङ्टनमा सम्वाददाताहरूसँग राष्ट्रपति ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आफ्नो शुक्रबार साँझ नै फोनवार्ता भएको बताएका थिए ।

त्यसक्रममा राष्ट्रपति ट्रम्पले भारतीय मूलका अमेरिकी नागरिक तथा सम्वाददाताहरूसँग भने– तपाईँहरूका प्रधानमन्त्री नरेन्द्र मोदी मेरा एक असल मित्र हुनुहुन्छ, हाम्रो आज मात्र पनि कुराकानी भएको थियो ।  ‘भारत अमेरिकाको एक असल मित्र राष्ट्र हो’, अमेरिकी राष्ट्रपति ट्रम्पले त्यस अवसरमा भनेका थिए। ‘हामी दुवै देश यतिखेर कोभिडको महामारीका विरुद्धमा लडिरहेका छौँ र हामीले यस महामारीविरुद्धमा विजय प्राप्त गर्नका लागि एकापसमा सद्भाव र शुभकामना पनि साटासाट गरेका छौँ ।’

अमेरिकाले भारतसँग निकै नजकिको सम्बन्ध कायम गरेर सहमति र सहकार्य गरिरहेको पनि उहाँले जानकारी दिनुभएको समाचारमा बताइएको छ ।

राष्ट्रपति ट्रम्पले त्यस अवसरमा अमेरिकामा ठूलो संख्यामा भारतीय नागरिक बसिरहेको र उनीहरू अमेरिकी नागरिकबीच असल सम्बन्ध पनि रहेको बताएका थिए ।

उनले कोभिडका विरुद्धमा पनि अमेरिका र भारतले आपसमा मिलेर सहकार्यका साथ काम गरिरहेको भन्दै यस महामारीका विरुद्धमा भारतीय र अमेरिकी वैज्ञानिकहरु मिलेर खोप पत्ता लगाउने कार्यमा पनि लागिपरेको जानकारी गराएका थिए ।

अमेरिकी राष्ट्रपति ट्रम्प यसै वर्षको फेब्रुअरीमा आफ्नाे परिवारसहित भारतको भ्रमणमा आएका थिए। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गतवर्ष अमेरिकाको भ्रमण गरेका थिए ।

कोभिड १९ को महामारी सुरु भएपछि पनि भारतले अमेरिकालाई केही औषधी सहयोग गरेको थियो । त्यस सहयोगले पनि अमेरिका र भारतबीचको सम्बन्ध एक आपसमा सुमधुर बनाएको बताइएको छ ।

यता भारत पनि पछिल्ला केही हप्तामा कोभिडको महारमारीको चपेटामा परेको छ । यहाँ आजसम्म ८५ हजार ९४० जना संक्रमित भएका छन् । त्यहाँ २ हजार ७०० भन्दा बढीको ज्यान गएको बताइएको छ ।

उता अमेरिका यो महामारीबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ज्यान जाने नागरिकको सङ्ख्या ८८ हजार ५०७ जना पुगेका छन् ।

त्यसैगरी, अमेरिकामा मात्र सङ्क्रमणमा पर्ने नागरिकको सङ्ख्या १४ लाख ८४ हजार २८५ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । त्यसैगरी विश्वमा यस सङ्क्रमणबाट ज्यान जानेको सङ्ख्या ३ लाख ८ हजार ६७६ जना रहेको छ । यस सङ्क्रमणका पूरै सङ्क्रमितको सङ्ख्या भने ४६ लाख २९ हजार ४०७ जना पुगेको प्राप्त पछिल्लो समाचारमा बताइएको छ । (रासस/एएनआई)

भर्खरको समाचार

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

इरान युद्धको १२ औं दिनः चाडै युद्ध अन्त्य हुने ट्रम्पको घोषण

MixCollage-12-Mar-2026-08-27-AM-2238

सम्बन्धित खबरहरु

Scroll to Top