बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या ३ सय ३१ पुग्यो

५ जेष्ठ, दोहा । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३ सय ३१ जना पुगेको छ ।

यस अघि २ सय ४५ जना सङ्क्रमित थिए । आइतबार थप ८६ जना नेपालीलाई कोरोना सङ्क्रमण देखिएपछि संक्रमित ३ सय ३१ पुगेको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए ।

सङ्क्रमित सबैको बहराइन सरकारले उपचार गरिरहेको जनाउँदै राजदूत सुन्दासले संक्रमित नेपालीमध्ये कैयौँ उपचारपछि निको भएर फर्किसकेका बताए । उपचाररत रहेका नेपालीहरुको पनि अवस्था सामान्य रहेको उनले बताए।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार बहराइनमा हालसम्म ६ हजार ७ सय ४७ जनामा कोरोनाको संक्रमण देखिएको छ । जसमध्ये १२ जनाको मृत्यु भएको छ भने २ हजार ७ सय ६२ जना उपचारपछि निको भएका छन् ।

दूतावासले कोरोनाका कारण बहराइनमा समस्यामा परेका नेपाली श्रमिकहरुको विवरण संकलन गरिरहेको जनाएको छ । कोरोनाबाट प्रभावित नेपालीको विवरण संकलन गरेर समाधानार्थ सहजिकरण गर्ने प्रयास गरिने दूतावासले जनाएको छ ।

Advertisement

अप्ठ्यारोमा परेका नेपालीले आफ्नो समस्या दूतावासको वेभसाइटमा उपलब्ध गराइएको फारम भरेर जानकारी गराउन अनुरोध गरिएको जनाएको छ ।

बहराइन सरकारले कोरोना रोकथामका लागि सङक्रमितले क्वारेण्टीनको अवज्ञा गरेमा तीन महिनासम्म जेल र एक हजारदेखि १० हजारसम्म बहराइन दिनार जरिबाना वा दुवै सजाय हुने जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top