साउदीमा कोरोनाबाट मृत्यु हुने नेपालीको सङ्ख्या ४ पुग्यो

६ जेष्ठ, दोहा । साउदीमा कोरोना भाइरसको संक्रमणबाट चार जना नेपालीको मृत्यु भएको छ । त्यस्तै ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ ।

साउदीको स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार साउदीका विभिन्न ठाउँमा अहिलेसम्म ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण पुष्टि भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

साउदीको पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिमक्षेत्र मक्का, मदिना, जेद्दा र जजान लगायतका ठाउँमा गरी १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, कसिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना र अन्य स्थानमा ९ जना नेपालीलाई सङ्क्रमण भएको दूतावासले जानकारी दिएको छ ।

Advertisement

कोरोना सङ्क्रमितमध्ये ११ जना महिला र बाँकी पुरुष रहेका छन् । सङ्क्रमितमध्ये धेरै जना निको भएर काममा फर्केको दूताबासले जनाएको छ । दूतावासका अनुसार यो खाडीमा हालसम्मकै सबैभन्दा धेरै संक्रमित नेपालीको संख्या हो ।

मृत्यु हुनेको विवरण भने दूताबासले औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन ।

Advertisement

मुस्लिम धर्मावलम्वीको महान पर्व इदको समयमा साउदीमा कर्फ्यु लाग्ने भएको छ । साउदीको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना नियन्त्रण गर्ने उद्देश्यले मे २३ देखि २७ सम्म २४ घण्टा कर्फ्येु लागू गर्ने निर्णय गरेको हो ।
कर्फ्यु उल्लङ्घन गर्नेलाई जरिवाना समेत तोकिएको साउदीको जेद्दामा रहेको नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
यस समयमा आफूलाई चाहिने आवश्यक वस्तु तथा खाद्यान्न पहिले नै खरीद गरी कर्फ्यु समयको पूर्ण पालना गर्न साउदीमा रहेका नेपाली श्रमिकलाई दूतावासको अनुरोध छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top