Nepal Times
Nepal Times
3
Shares

विराटनगरसहित पुर्वका सहरहरुमा शैक्षिक प्रदर्शनी हुने

विराटनगरसहित पुर्वका सहरहरुमा शैक्षिक प्रदर्शनी हुने

विरानगर ,२२ चैत्र ः इडेन एजुकेशन कन्सल्टेन्सि र लिङ्कन एकेडेमीले पुर्वका शहरहरुमा शैक्षिक प्रर्दशनी गर्ने भएका छन् ।
बुधबार पत्रकार सम्मेलन गर्दै आयोजक सँस्थाले शैक्षिक प्रदर्शनी गर्ने कुरा जानकारी गराएको हो। प्रर्दशनीमा भारत,जापान,अष्ट्रेलिया र आयरल्यान्डका विश्वविद्यालय र स्कुलहरुबाट विद्यार्थीलाई जानकारी गराउन प्रशिक्षकहरु आउने आयोजक संस्थाका निर्देशक गम्भीर भगतले बताए । प्रदर्शनी विराटनगर,धरान,इटहरी र बिर्तामोडमा हुने कुरा पनि भगतले जानकारी दिए ।

आयोजक संस्थाका अनुसार यही चैत्र २४ र २५ गते होटल नमस्कार– विराटनगर, चैत्र २६ गते होटल मनशान्ति ग्रीन प्यालेस–इटहरी, चैत्र २७ र २८ गते हनुमान सेन्टर –विर्तामोड र चैत्र २९ र ३० गते अग्रेसन स्तुती भवन धरानमा शैक्षिक मेला आयोजना हुने छ ।

मेलामा विद्यार्थीहरुका लागि भारत, जापान,अष्ट्रेलिया र आयरल्यान्डका विभिन्न विश्विवद्यालयामा एप्लाइ गर्ने ब्यबस्था र अध्ययन गर्ने विद्यार्थीलाई स्कलरसिपको ब्यबस्था मिलाईएको छ भने सो मेलामा विद्यार्थीलाई निःशुल्क प्रोसेसिङ समेतको ब्यबस्था गरिएकोे छ ।

मेलामा २५०० विद्यार्थी सहभागी हुने आयोजकले अनुमान गरेको छ । शैक्षिक प्रर्दशनीमा प्रवेश नि ः शुल्क रहेको आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.