प्रधानमन्त्रीले आज संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

६ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको आज संसदमा जवाफ दिनेछन् ।

Advertisement

नीति तथा कार्यक्रममा दुई दिनसम्म १ सय १८ जना सांसदले भाग लिएका थिए ।प्रधानमन्त्रीको जवाफपछि नीति तथा  कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ ।

विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ । संशोधनको छिनोफानोपछि नीति तथा कार्यक्रम पारित हुनेछ । संसद बैठक मध्याह्न १२ बजे बस्दैछ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

संवैधानिक प्रावधान अनुसार सरकारले जेठ १५ गते वार्षिक बजेट पेश गर्नेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top