कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क तोकिएको छैनः स्वास्थ्य मन्त्रालय

७ जेष्ठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालमा कोरोना भाइरसको जाँच गराउँदा लाग्ने शुल्क नतोकिएको स्पष्ट पारेको छ ।

Advertisement

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा मन्त्रालयले शुल्क तोकेको हल्ला भएपछि मन्त्रालयले कुनै शुल्क अहिले निर्धारण नगरिएको जनाएको हो । सरकारले कोरोना परीक्षण गर्नुपर्ने व्यक्तिबारे निर्देशिका बनाएको छ । कोरोना परीक्षण गर्नुपर्नेहरुको सरकारले नै निःशुल्क परीक्षण गर्दै आएको छ ।

तर सरकारी निर्देशिकाको मापदण्ड बाहिरका व्यक्तिले पनि कोरोना परीक्षण गर्न चाहेमा शुल्क तिरेर परीक्षण गराउन सक्ने जनाएको छ ।

Advertisement

शुल्कको बारेमा छलफल भइरहेको तर टुंगो नलागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर अधिकारीले जानकारी दिए ।

सरकारले निजी अस्पताललाई आरडीटी र सरकारी अस्पताललाई पीसीआर विधिमार्फत शुल्क लिएर कोरोना परीक्षण गर्न पाउने निर्णय गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top