डब्लुएचओले कोरोनाबारे लिएको नीतिका विषयमा छानबिन गर्न सदस्य राष्ट्रहरू सहमत

७ जेष्ठ, एजेन्सी । संयुक्त राष्ट्रसंघीय निकायले कोरोना भाइरसबारे लिएको नीतिबारे स्वतन्त्र छानबिनका लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का सदस्य राष्ट्रहरू सहमत भएका छन् ।

डब्लुएचओले महामारीविरूद्ध अख्तियार गरेको नीतिप्रति अमेरिकाले निरन्तर आलोचना गर्दै आएपछि यसका लागि स्वतन्त्र छानविन गर्ने सहमति सदस्य राष्ट्रहरूबीच भएको हो ।

डब्लुएचओको वार्षिक सम्मेलनमा भाग लिने देशहरूले पहिलो पटक पूर्णरूपमा भेला भई कोरोना भाइरसबाट सिर्जित संकटबारे अन्तर्रा्ष्ट्रिय प्रतिक्रियाको ‘निष्पक्ष, स्वतन्त्र र बृहत् मूल्यांकन’ को आह्वानमा सहमति गर्दै एक प्रस्ताव पारित भएको हो ।

Advertisement

जसमा डब्लुएचओले कोरोना भाइरसको विश्वव्यापी महामारी नियन्त्रणका लागि गरेका कामको छानविन र उनीहरूको सीमासमेत रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डाक्टर टेडरोज आध्यनोम गेब्रेयेसोसलाई संगठनमा महत्वपूर्ण परिवर्तन गर्न ३० दिनको अल्टिमेटमसहित पत्र पठाएको सार्वजनिक भएको केही घण्टापछि नै यो निर्णय आएको हो ।

Advertisement

उनले ३० दिनभित्र महत्वपूर्ण परिवर्तन नगरेमा अमेरिकाले डब्लुएचओलाई दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका थिए ।

कोरोना भाइरसको महामारी नियन्त्रणमा पर्याप्त काम गर्न नसकेको तथा चीनको पक्ष लिएको आरोप लगाउँदै ट्रम्पले डब्लुएचओलाई दिँदै आएको सहयोग अस्थायी रुपमा रोकेका थिए ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिएकै बेला डब्लुएचओले सही र वास्तविक सूचना दिन नसकेको आरोप ट्रम्पले लगाएका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top