लकडाउनको ६१ औं दिन, सडक, बजार सुनसान

९ जेठ ७७, शनिबार

१० जेष्ठ, काठमाडौं ।
कोरोनाभाइरस (कोभिड—१९) को संक्रमण न्यूनिकरणका लागि सरकारले जारी गरेको लक डाउनको ६१ दिन पुगेको छ ।

गत चैत ११ गतेबाट जारी गरिएको लक डाउन पटक पटक समय थप गर्दै जेठ २० गतेसम्म पु¥याइएको छ । लक डाउनपछि अत्यावश्यक सेवाका सवारी र पासबाहेक सवारी सञ्चालनमा रहेपछि भित्रि सडकहरु सुनसान जस्तै देखिएका छन् । अत्यावश्यक सवारीहरु भित्रि सडकमा पनि गुडेका छन् तर न्यूनमात्रामा ।

चोकचोकमा ट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेको छ । उपत्यकाको भित्रि क्षेत्रमा रहेका प्रायः सटरहरु बन्द रहेका छन् । विहान र बेलुकीको निश्चित समयमा खाद्यान्न र तरकारी पसल सञ्चालनमा रहेपनि दिउँसो समयमा भने पूर्ण रुपमा बन्द छन् । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि सरकारले उपत्यकामा कडाई गरेको छ ।

Advertisement

पास वितरणमा कडाई गर्नुका साथै उपत्यका छिर्ने सवारीसाधन र व्यक्तिहरुको चेकजाँचमा पनि कडाई गरेको छ । उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएपछि सतर्कता बढाउन सरकारले सम्पूर्णमा आग्रह गरेको छ । भित्रि गल्लिहरुमा स्थानीयहरुले नै अपरित व्यक्तिलाई प्रवेश निषेध गरेका छन् ।

साँझपखको समयमा उपत्यका पूर्ण सुनसान देखिन्छ । केही ठाउँमा सडकबत्ति र होडिङ बोर्डहरु बलेको देखिएपनि सडकमा प्रायः गाडी देखिँदैनन् । अत्यावश्यक सेवाका सवारी साधन र सुरक्षाकर्मीका सवारी साधन बढी देखिन्छन । रातिको समयमापनि ट्राफिक प्रहरी र सुरक्षाकर्मीहरुले सुरक्षाजाँचलाई पनि निरन्तरता दिएको पाइएको छ ।

Advertisement

सरकारले चैत ११ गते पहिलो पटक एक साताकालागि लक डाउन घोषणा गरेको थियो । त्यसपछि एक साता समय थपगर्दै चैत २५ गतेसम्म लक डाउन गरियो । त्यसपछि तेस्रो पटक मिति थप्दै वैशाख ३ गतेसम्म लम्बिएको लक डाउनलाई चौथो पटक १२ दिन थपेर वैशाख १५ गतेसम्म पु¥याइयो ।

त्यसपछि पुनः १० दिनका लागि लक डाउन थप भएर बैशाख २५ सम्म पुग्यो र सरकारले छैटौँ पटक जेठ ५ गतेसम्म लक डाउनको अवधि थप्यो । संक्रमणको दर बढ्दै गएपछि सरकारले जेठ २० गतेसम्म पुनः लक डाउनको अवधि बढाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top