×

NEPAL TIMES UPDATES

Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026
Playing
World News: Cubaलाई कस्दै America, Indiaमा ‘कक्रोच जनता पार्टी’को तहल्का || Nepal Times
May 21, 2026
Playing
नेपालमा बाँदर आतंक, किन बन्यो राष्ट्रिय बहस?कसरी गर्ने समाधान ?|| Nepal Times
May 21, 2026
Playing
विश्वकप लिग–२ः भोलि अन्तिम खेलमा अमेरिकासँग भिड्दै नेपाल || Nepal Times
May 21, 2026
Playing
कक्रोच जनता पार्टी भारतमा कसरी जन्मियो ?ब्क्ष् ले कसरी चमत्कार ग¥यो?|| Nepal Times
May 21, 2026
Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026

सामाजिक सुरक्षा भत्ताका लागि पाँच अर्ब अपुग

२२ चैत्र २०७४

काठमाडौं, २२ चैत ः चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ताका लागि विनियोजित रकममा झण्डै रु पाँच अर्ब अपुग भएको छ ।

केन्द्रीय पञ्जीकरण विभागले चालु आवमा रु ३९ अर्ब रकम वितरण गर्नुपर्ने अनुमान गरे पनि रु ३६ अर्ब मात्र विनियोजन गरेकाले रकम अपुग भएको हो ।

Advertisement
Advertisement

“अपुग रकमका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरिसक्यौं” विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले भने, “अपुग रकम रु चार खर्ब ६१ करोड निकासाको प्रतिक्षामा छौँ ।”

“पहिले विभागबाट नै गाविस र नगरपालिकामा रकम जान्थ्यो, अहिले अर्थ मन्त्रालयबाट सीधै स्थानीय तहमा जान्छ ”– उनले भनिन् । सीधै स्थानीय तहमा जाने हुँदा विभागले रकमका लागि पत्राचार मात्र गर्ने गरेको छ ।

विभागले ९ किसिमका सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको छ । चालु आवको फागुनसम्मको तथ्याङ्कअनुसार ज्येष्ठ नागरिक भत्ता पाउने दुई लाख ५९ हजार ८६१ छन् । जेष्ठ नागरिक दलितमा एक लाख आठ हजार ६४४, बिधवामा पाँच लाख ६७ हजार ८८०, एकल महिलामा एक लाख आठ हजार ६४४ छन् ।

त्यस्तै पूर्ण अपाङ्गता भएका ३९ हजार ६५५ र आंशिक अपङ्गता ६३ हजार २९७ छन् । लोपन्मुख जनजाति आदिवासीमा २४ हजार ६२३, दलित बालबालिकामा चाार लाख ८६ हजार ३०० रहेका छन् । त्यस्तै औषधि उपचारवापतको रकम पाउने ११ लाख १२ हजार ९७ छन् ।

सरकारले ७० वर्ष नाघेकालाई वृद्धभत्ता प्रतिव्यक्ति रु एक हजार मासिक तथा औषधि उपचारका लागि एक हजार गरी जम्मा दुई हजार र ६० वर्ष नाघेका दलितलाई रु एक हजारका दरले तथा अविवाहित र सम्बन्ध विच्छेद गरी बसेका ६० वर्षमाथिका महिलालाई रु एक हजारका दरले भत्ता दिँदै आएको छ ।

त्यसैगरी पूर्ण अपाङ्गता भएकालाई मासिक दुई हजार, आंशिकलाई रु छ सय, लोपन्मुख जनजाति आदिवासी सबैलाई मासिक रु दुई हजार, दलित बालबालिकालाई मासिक रु चार सय र पछाडि परेका जिल्ला अछाम, बझाङ र रौतहटका प्रत्येक व्यक्तिलाई मासिक रु चार सय दिने गरेको छ ।

Advertisement
Advertisement

सरकारले पछाडि परेका अन्य छ जिल्लाका नागरिकलाई पनि मासिक रु चार सयका दरले भत्ता दिने विषयमा छलफल अघि बढाइरहेको छ । ती जिल्लामा जाजरकोट, कैलाली, बाजुरा, डोटी, सर्लाही र महोत्तरी छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top