अफगानिस्तानमा दुई हजार तालिबानी लडाकु रिहा

१२ जेठ ७७, मंगलबार

१२ जेठ, काबुल ।

अफगानिस्तानका राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकुलाई जेलमुक्त गर्न आइतबार आदेश दिएका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको सम्झौताबमोजिम तालिबानी लडाकुहरूलाई मुक्त गरिएको जानकारी दिए ।

हाल तालिबानी विद्रोही समूह र सरकार दुवैले इद–उल फित्रका अवसरमा तीन दिने युद्धविराम घोषणा गरेका छन् । राष्ट्रपति घानीले तालिबानद्वारा गरिएको युद्धविरामको स्वागत गर्दै तालिबान समूहले पनि कब्जामा राखिएका सरकारी सैनिक मुक्त गर्ने विश्वास व्यक्त गरेका छन् ।

Advertisement

प्रवक्ता सद्दिकीलेले ट्वीट गर्दै अफगान सरकारले शान्ति प्रक्रियाको सफलता सुनिश्चित गर्न थाँती रहेका कार्यहरू जतिसक्दो चाँडो सम्पन्न गर्न तालिबान पक्ष लचिलो हुने सरकारले विश्वास लिएको बताएका छन् । यसै वर्षको फेब्रुअरी २९ मा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच कतारको राजधानी दोहामा एउटा सम्झौतामा हस्ताक्षर भएको थियो जसमा अफगानिस्तानका कारागारमा रहेका पाँच हजार तालिबान लडाकू मुक्त गर्ने एउटा प्रमुख शर्त थियो ।

साथै उक्त सम्झौतामा १४ महिनाभित्र अफगानिस्तानमा तैनाथ अमेरिकी समेत सम्पूर्ण विदेशी फौज हटाइने, अन्तर–अफगान शान्ति वार्ता गरिने उल्लेख छ ।

Advertisement

रासस / एनआई

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top