कोरोनाको उपचारका लागि हाइड्रोक्सिक्लोरोक्विनको परीक्षणमा रोक, मुटुमा समस्या आउने डब्लुएचओको दावी

१३ जेष्ठ, काठमाडौं । कोरोना भाइरसको सम्भावित उपचारका लागि हाइड्रोक्सीक्लोरोक्लिनको परीक्षणमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले रोक लगाएको छ ।

डब्लुएचओकोले उक्त औषधिको परीक्षणका बारेमा अध्ययन जारी रहेकाले अहिले नै प्रयोग गर्न नहुने भन्दै रोक लगाएको हो ।

डब्लुएचओका निर्देशक डा. टेड्रेस एडहानमले मलेरिया र लुपसका बिरामीलाई हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विनको प्रयोग गर्न सकिने भएकाले कोरोनाका बिरामीमा परीक्षणमा रोक लगाइएको बताए ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि बारम्बार मलोरियाको औषधि कोरोना संक्रमितर्लाइ प्रयोग गर्न सकिने बताएपनि यसले मुटुमा समस्या आउने डब्लुएचओको दावी छ ।

गतहप्ता सार्वजनिक भएको एक अध्ययन अनुसार हाइड्रोक्सि क्लोरोक्विनले कोरोना संक्रमितको उपचारका कुनै असर नगर्ने र मृतकको संख्या अझै बढाउन सक्ने बताइएको छ । यसैबीच डब्लुएचओले कोरोनाको संक्रमण फेरि पनि दोहोरिन सक्ने चेतावनी दिएको छ ।

Advertisement

भाइरस नियन्त्रणका लागि प्रयासहरु जारी रहेपनि सावधानी नअपनाए फेरि पनि यसले विश्वमा महामारीको रुप लिन सक्ने डब्लुएचओले चेतावनी दिएको हो ।

विश्वका केही देशमा भाइरसका नयाँ संक्रमितको संख्या घट्दै गएपनि त्यसप्रति ढुक्क भइहाल्ने अवस्था भने नरहेको डब्लुएचओको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top