×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

रौतहटमा थप ३५ जनामा कोरोना संक्रमण

१४ जेष्ठ २०७७

१४ जेष्ठ, रौतहट ।
बुधबार रौतहटमा थप ३५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ५ पुगेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले २८ जनाको काठमाडौंको टेकुस्थित प्रयोगशालामा र ७ जनाको हेटौंडामा गरिएको परीक्षणमा पोजिटिभ देखिएको पुष्टि गरे ।

Advertisement
Advertisement

चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै गढीमाई नगरपालिकाका बासिन्दा हुन् । त्यहाँ क्वारेन्टाइन नभएकाले उनीहरुलाई चन्द्रपुरमा राखिएको हो । त्यस्तै गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६, देवाहीगोनाहीमा २, र कटहरिया नगरपालिकामा २ जनामा संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

उनीहरु सबै भारतबाट आएका नेपालीहरु हुन् । सबैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, संक्रमण देखिएकाहरुलाई कहाँको आइसोलेसनमा राख्ने भन्ने छलफल हुँदैछ ।’ प्रजिअ घिमिरेका अनुसार चार दिनभित्र जिल्लामा ८३ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

अहिले दिनहुँ भारतबाट जिल्लामा भित्रिनेहरुको संख्या सयको हाराहारीमा छ । यसअघि रौतहटमा मंगलबार मात्रै २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । रौतहटमा अहिलेसम्म तीन जना निको भएका छन् ।

लकडाउन सुरु भएपछि यता रोकिएका भारतीयहरुलाई नेपाली क्वारेन्टाइनमै राखेर स्वास्थ्य परीक्षण गर्ने र भारतमा भएका नेपालीलाई त्यहीँ क्वारेन्टाइन गर्ने नीति सरकारको थियो । तर, वैशाख ३० पछि भारतबाट आउने नेपालीलाई सीमानाका भएरै स्वदेश फर्किने व्यवस्था मिलाइएको छ ।

Advertisement
Advertisement

त्यसरी आएकाहरुलाई सुरक्षाकर्मीले सिधै क्वारेन्टाइनमा लैजाने गरेका छन् । सीमाबाट भित्रिनेहरु जुन स्थानीय तहका हुन् तिनलाई सोही स्थानीय तहमा जनप्रतिनिधिको जिम्मा लगाई स्वास्थ्य परीक्षण र क्वारेन्टाइनमा बस्न लगाइएको प्रजिअ घिमिरले जनाए । अहिले जिल्लाका विभिन्न क्वारेन्टाइनमा भारतबाट फर्केकाहरू ३ हजार हाराहारी छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top