कोरोना प्रभावित महाराष्ट्र र दिल्लीबाट धमाधम नेपाली घर फर्कँदै

१४ जेठ ७७, बुधबार

१४ जेठ, राँझा ।

Advertisement

भारतमा कोरोना महामारीका कारण रोजगारी गुमेका नेपाली धमाधम घर फर्किन थालेका छन् । नेपालगञ्जस्थित जमुनाह नाकाबाट अहिले दैनिक हजारौंँ नेपालीको लर्को लाग्ने गरेको छ । फर्किनेहरु अधिकांश भारतको कोरोना प्रभावित क्षेत्रका छन् ।

भारतको कोरोना प्रभावित क्षेत्र महाराष्ट्र र दिल्लीका विभिन्न शहरमा रोजगारीका लागि गएका करीब १८ हजार नेपाली नेपालगञ्ज नाका हुँदै पछिल्लो सात दिनमा भित्रिएका छन् । भारतले रेल र बस सेवा सञ्चालनमा ल्याएपछि दैनिक दुई हजार पाँच सयदेखि तीन हजारसम्म नेपाली नेपालगञ्ज नाका हुँदै नेपाल फर्किने गरेकोे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । बाँकेमा कोरोना पुष्टि भएका अधिकांश भारतको महाराष्ट्रबाट आएका नेपाली छन् ।

Advertisement

उनका अनुसार पछिल्लो सात दिनमा नेपालगञ्ज नाका हुँदै १७ हजार ६८६ नेपाल भित्रिएका छन् । यही जेठ ७ देखि १२ गते रातिसम्म भारतका विभिन्न ठाउँबाट सीमाक्षेत्रमा अलपत्र परेका प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशसमेतका गरेर १५ हजार ४५६ नेपालीलाई जमुनाह नाकाबाट नेपाल प्रवेश गराइएकामा गए राति फेरि दुई हजार २३० जनालाई उद्धार गरिएको छ ।

स्थानीय, प्रदेश तथा सङ्घीय सरकारको समन्वयमा सीमामा अलपत्र नेपालीलाई नेपाल ल्याउने काम भइरहेको प्रहरी उपरीक्षक वलीले बताए । अहिले प्रत्येक दिन दुईदेखि तीन हजारसम्म नेपाली नेपालगञ्जस्थित जमुनाह नाकामा जम्मा हुने गरेको उनको भनाइ छ । आज बिहान १० बजेसम्म दुई सय नागरिक भारतबाट नेपाल भित्रिसकेका छन् ।

Advertisement

नेपाल–भारत सीमा नाका पूर्णरुपमा बन्द रहे पनि भारतबाट घर फर्किएर अलपत्र परेका नेपालीलाई सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरेर घर पठाइने गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए । बाँकेको कोरोना अति प्रभावित क्षेत्र बन्न पुगेको नरैनापुर गाउँपालिकामा कोरोना पुष्टि भएका नेपालीमध्ये ९० प्रतिशत महाराष्ट्रबाट आएको पाइएको छ । नेपालगञ्ज नाकाबाट भित्रिएर क्वारेन्टिनमा बसिरहेका कर्णाली प्रदेशका सुर्खेत र दैलेखका नागरिकमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ यति बेला महाराष्ट्र र दिल्लीबाट फर्किएका नेपालीमा सङ्क्रमणको जोखिम बढी देखिएकाले तुरुन्त परीक्षण गरिनुपर्ने बताउँछन् ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top