रुकुम पश्चिमको घटनाको निष्पक्ष छानबिन हुनुपर्छः राष्ट्र संघ

१५ जेष्ठ, काठमाडौँ । रुकुम पश्चिमको घटनालाई राष्ट्रिय मानवअधिकार आयोगलगायतले समेत जातीय विभेद र मानवताविरोधी अपराधका रुपमा चित्रण गरेका छन् । नेपाल सरकारले घटनाबारे निष्पक्ष रुपमा छानबिन गर्ने नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक भ्यालेरी जुलियान्डले विश्वास व्यक्त गरेकी छिन् ।

शनिबार अन्तरजातीय विवाहको विषयमा ४ जनाको हत्या र २ जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्दै संयोजक भ्यालेरीले यो घटनाले नेपालमा जातीय विभेद कायमै रहेको बताएकी छिन् । उनले भनेकी छिन्, ‘मृतकका परिवारप्रति म समवेदना प्रकट गर्न चाहन्छु र विश्वास ग‍र्छु कि नेपाल सरकारले संविधान र अन्तर्रा्ष्ट्रिय प्रतिबद्धताबमोजिम शून्य सहनशीलता देखाउँदै यस घटनाको निष्पक्ष छानबिन गर्नेछ ।’

शनिबार रुकुमको चौरहजारी नगरपालिका सोतीमा अन्तर्जातीय विवाह गर्न खोजेको निहुँमा गाउँलेको आक्रणममा परी चारजना युवाले ज्यान गुमाएका छन् भने दुईजना अझै बेपत्ता छन् ।

Advertisement

जाजरकोटको भेरी नगरपालिका राना गाउँका नवराज विकले सोतीकी मल्ल थरकी आफ्नी प्रेमिका भगाउन साथीहरु लिएर गएकोमा उनीहरुमाथि आक्रमण गरिएको थियो । आक्रमणमा नवराजसहित चार जना मारिएका छन् ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top