कविता: गणतन्त्र दिवसको शुभकामना

१४ जेठ ७७, बिहीबार

एउटा राजा फ्याकिदै गर्दा
कयौं छोटे राजाहरु जन्माएको
अति उर्वराशक्ति युक्त
गणतन्त्र दिवस को शुभकामना ।

रेमिट्यान्सले धानेको अर्थतन्त्रमा
भ्रष्टाचारको लहलहाउदो खेति गर्ने
कहिले न भरिने पेट बोकेकाहरुलाई
गणतन्त्र दिवस को शुभकामना ।

Advertisement

सर्वांग नांगिएको खोक्रो राष्ट्रवाद
एक हातले छोप्ने असफल प्रयास बीच
अर्को तिर चलि रहेको त्यहि आलाप लाई
गणतन्त्र दिवस को शुभकामना ।

हरेक पटक भित्र सम्म धकेलिएका जंगे पिल्लरहरु
लक् डाउनले आक्रान्त भै थालिएका मजदूरहरु
गाँसको अभावमा आफैंलाई झुण्डयाउन प्रयुक्त डोरीहरुलाई
गणतन्त्र दिवस को शुभकामना ।

Advertisement

छिमेकी ले मिचेको सिमाना
भोक र महामारीले थिचेका जनता
अनि शोकलाई अवसर बनाई घिचेका नेतालाई
गणतन्त्र दिवस को शुभकामना ।

अर्जुन चापागाईं
हाल कतार

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top