Nepal Times
Nepal Times
3
Shares

ज्यान मार्ने अभियोगमा झा पक्राउ

ज्यान मार्ने अभियोगमा झा पक्राउ

विराटनगर, २३ चैत ः ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउमा परेका एक जनालाई आज प्रहरीले सार्वजनिक गरेको छ ।

सुनसरीको बरहा नगरपालिका–७ बस्ने बेचु झाका २३ वर्षीय छोरा अजय झालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङले सार्वजनिक गरेको हो ।

सोही ठाउँ बस्ने ३० वर्षीया सोनिया मुसहरको ज्यान मार्ने र जबरर्जस्ती करणी तथा गर्भपतन गराएको अभियोगमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक विष्णुहरि कोइरालाले जानकारी गराए ।

गत, फागुन २६ गते मोरङको बेलबारीस्थित भाउन्ने जंगलमा बेहोश अवस्थामा फेला परेकी पीडित महिला सोनियाको उद्धार गरी बिपी कोइराला विज्ञान प्रतिष्ठानमा प्रहरीले भर्ना गरेको थियो । पीडित महिलाको बयानको आधारमा पक्राउमा परेका झाले विवाह गर्छु भनेर पटकपटक शारीरिक सम्बन्ध बनाएको बताएकी छन् ।

आपूmले विवाहका लागि दबाब दिँदा झापाको दमकमै बस्ने भनेर भाउन्ने जंगलमा लगेर सन्तोष तामाङको सहयोगमा ज्यान मार्न खोजेको बताए । सोनियाको गर्भमा रहेको सात महिनाको बच्चा पेटमै मरेको बताइएको छ ।

झालाई विराटनगर–१३ बाट पक्राउ गरी उनीमाथि ज्यान मार्ने, जबरर्जस्ती करणी र गर्भपतनअन्तर्गत मुद्दा दर्ता गरी कारबाही थालिएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.