Nepal Times
Nepal Times
3
Shares

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

मिनीट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

उर्लाबारी, मोरङ, २३ चैत ः बूढीगंगा गाउँपालिका–३ स्थित गोकुवा चोकमा आज बिहान मिनीट्रकको ठक्करबाट एक साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को १ ख ३०७२ नं को मिनीट्रकले साइकलमा सवार सुनसरी दुहबी–६ बस्ने ३५ वर्षीय सत्यनारायण ऋषिदेवलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि कोशी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ । ठक्कर दिने ट्रक चालकलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.