×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

युवा तथा खेलकूद मन्त्रीद्वारा सय दिनका कार्य सार्वजनिक

२३ चैत्र २०७४

काठमाडौँ, २३ चैत ः युवा तथा खेलकूद मन्त्री जगतप्रसाद विश्वकर्माले एक सय दिनको आफ्नो योजना सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफूले एक सय दिनमा गर्ने ३७ वटा कार्यको विवरण सार्वजनिक गरेका हुन् ।

Advertisement
Advertisement

ती काम आफूले एक सय दिनमा पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे । लोकप्रियतालाई नभई काम गर्ने उद्देश्यले नै एक सय दिनमा गर्न सक्ने काममात्र आफूले सार्वजनिक गरेको र यसले खेल क्षेत्रमा आशा जगाउने उनको भनाइ थियो ।

उनले खेलाडी र खेलकूदको हितका लागि निजी क्षेत्रको पनि सहयोग लिँदै वैदेशिक लगानी भित्र्याउने तयारी गरिएको जानकारी गराए ।

नेपाल क्रिकेट संघ (क्यान) र मूलपानी क्रिकेट मैदानको जग्गासम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता पनि उनको छ ।

मन्त्रालयका सचिव महेशप्रसाद आचार्यले एक खेल एक संघको अवधारणा ल्याउन लागिएको बताए ।

राष्ट्रिय खेलकूद परिषद्मा अहिले १८६ संघ दर्ता छन् ।

कार्य योजनामा मन्त्रालयको संगठन पुनःसंरचना, हाई अल्टिच्यूट स्पोर्टस्को अध्ययन, खेलकूदका राष्ट्रिय संघहरुको अभिलेख राख्ने, राष्ट्रिय खेलकूद नीति २०६७ परिमार्जन गर्ने, १२ वर्षे खेलकूद गुरुयोजना तर्जुमा गर्ने, पोखरा, तुल्सीपुर र इटहरीलाई स्पोर्टस् सिटीका रुपमा विकास गर्नेलगायतका विषय रहेका छन् ।

Advertisement
Advertisement

यस्तै, खेल प्रशिक्षक नभएको जिल्लामा कम्तीमा एकजना खेल प्रशिक्षकको व्यवस्था गर्ने, दशरथ रंगशाला परिसरमा खेलकूद अस्पताल निर्माणको शुरुआत गर्ने, प्रादेशिक रंगशालाको निर्माण गर्ने, सन् २०१९ मा हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने, काठमाडाँै उपत्यकाभित्र अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गाको पहिचान गर्ने, युवा संसद् अभ्यासको तयारी गरिने, १६५ निर्वाचन क्षेत्रमा युवा उद्यम कार्यक्रम सञ्चालन गर्नेलगायतका योजना रहेका छन् ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top