नयाँदिल्ली, २३ चैत ः दक्षिणी भारतीय राज्य तेलङ्गानामा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा नौ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएकामा सबैजना महिला रहेका छन् ।
यात्रु बोकेको एउटा ट्र्याक्टर नहरमा खस्दा भएको दुर्घटनामा परी नौ महिलाको मृत्यु हुनाका साथै अन्य कैयौँ घाइते भएका प्रहरी स्रोतले जानकारी दिएको छ ।
तेलङ्गनाको प्रन्तीय राजधानी हैदराबादबाट २२८ किलोमिटर दक्षिणपूर्वमा रहेको आलिमिनेती मधाभा रेडी प्रोजेक्ट क्यानलनजिकै सो ट्र्याक्टर खसेको थियो ।
दुर्घटनापछि नौ महिलाको शव नहरबाट निकालिएको र दुर्घटनामा परेका कैयौँ व्यक्तिलाई उद्धार गरी नजिकैको अस्पतालमा उपचार गरिएको बताइएको छ ।
स्थानीय समयाअनुसार शुक्रबार बिहानको समयमा एक कारखानाका ३० जना कामदार बोकेको सो ट्र्याक्टर दुर्घटना भएको र यस ट्र्याक्टरमा प्रायः महिला रहेका एक प्रहरी अधिकारी रमन रेडीले सिन्ह्वा समाचार समितिलाई टेलिफोनमार्फत बताएका छन् ।विश्वको तुलनामा भारतमा सडक दुर्घटना बढी नै हुने गरेको पाइन्छ । क्षमताभन्दा बढी यात्रु, खराव बाटो र लापरवाही रुपमा सवारी साधन चलाउनाले बढी मात्रामा दुर्घटना हुने गरेको बताइन्छ ।
रासस