दशगजामा भारतीय नागरिकले हतियार खोस्ने प्रयास गरेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर

१८ जेठ ७७, आइतबार

१८ जेष्ठ, सर्लाही ।
सर्लाहीको विष्णु गाउँपालिका– पकडीस्थित दशगजा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ ।

Advertisement

३०–४० जनाको भारतीय नागरिकहरुको समूह जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर समेत गरेको छ । भारतीय नागरिकको समूहले हुल बाँधेर प्रहरीको हतियार खोस्ने प्रयास गरेपछि एक राउन्ड हवाई फायर गरिएको सशस्त्रका प्रवक्ता प्रविण कुमार श्रेष्ठले जानकारी दिए ।

हवाई फायरपछि भारतीय समूह तितरवितर भएको र स्थिति सामान्य बनेको छ । सो क्षेत्रमा अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । झडपमा मानवीय क्षति भने भएको छैन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top