पश्चिम सेती बन्ने भएपछि खुशीयाली

१७ जेठ ७७, आइतबार

१८ जेष्ठ, डोटी ।
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङ, बैतडी र डोटीको सीमाक्षेत्र तलारामा निर्माण हुने ७५० मेगावाटको जलाशययुक्त पश्चिम सेती परियोजनाको पुनः चर्चा शुरु भएको छ।

लामो समयदेखि चर्चामा रहेको उक्त परियोजना निर्माणमा सरकारले निरन्तरता दिने भन्दै बजेट भाषणमार्फत जानकारी गराएसँगै यहाँका स्थानीयवासी खुशी भएका छन्। अहिले यहाँका नागरिकमा पश्चिम सेती बन्ने विषयमा निकै खुशीयाली छाएको शिखर नगरपालिका–८ का डिबी धामीले बताए।

उनले भने, “सरकारले बजेट भाषणमार्फत पश्चिम सेती निर्माणमा निरन्तरता दिने भनेको छ, बजेट भाषणमा सीमित नहोस्, काम चाँडो शुरु होस्।” पश्चिम सेती परियोजना सम्पन्न भएपछि सिङ्गो सुदूरपश्चिमका जनता विकासका हिसाबले समृद्ध हुने भएकाले उक्त परियोजना चाँडो निर्माण गर्नुपर्ने यहाँका स्थानीयवासीको पहिलो माग रहेको नगरपालिका–१० बानीडुग्रीसैनका प्रेमबहादुर बलायरले बताए।

Advertisement

उनले भने, “सुदूरपश्चिमलाई समृद्ध बनाउनु छ भने पश्चिम सेती बनाउनुपर्छ, अरु केही गर्नु पर्दैन।” सुदूरपश्चिमको आर्थिक विकासको मेरुदण्डका रूपमा लिइएको ७५० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा राज्यबाट ठोस पहल नभएको भन्दै स्थानीयवासीले गुनासोसमेत गरेका थिए।

पश्चिम सेती आयोजना निर्माण सम्पन्न भए लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने मात्र होइन, वर्षौँदेखि पिछडिएका, राज्यको मूलधारबाट समेत उपेक्षित जनतालाई पनि लाभ पुग्ने डोटीका काँग्रेस नेता दीपकबहादुर विष्टले बताए।

Advertisement

उनले भने, “परियोजना बन्ने हल्ला चलेको तीन दशक भइसकेको छ, अहिलेसम्म सामान्यबाहेक केही काम भएको छैन, लोडसेडिङको मार खेपिरहेका जनतालाई अधिकतम लाभ र राहत दिने हो भने अब पश्चिम सेती चाँडै बन्नुपर्छ।”

पश्चिम सेती बन्ने हल्ला शुरु भएको समयमा जन्मेका मानिसलाई केही वर्षमै बुढ्यौली छुँदैछ। आयोजना बन्ने हल्ला हल्लामै मात्र सीमित भएको भन्दै कतिपयले अब पनि पश्चिम सेती बन्छ भन्नेमा खासै विश्वास गरेका छैनन्।

अर्का स्थानीयवासी डिलबहादुर सिंहले भने, “सरकारले बर्सेनि बजेट भाषणमा पश्चिम सेती बनाउने भन्छ, कतिपटक त विभिन्न कम्पनीसँग सम्झौता पनि भयो, अब पनि के बन्ला र रु काम उही, नेता उही। विकास गर्न चाहेका हुन् भने काम सम्पन्न गर्नुपर्छ।”

बजेट भाषणमा पश्चिम सेती निर्माण गर्ने भनिएपछि निर्माणका लागि उचित र उपयुक्त वातावरण सिर्जना गरी राजनीतिक नाफाघाटा नहेरी विवादरहित ढङ्गले काम शुरु गर्नुपर्ने यहाँका स्थानीयवासीको माग छ। पश्चिम सेती बन्ने हल्लापछि अहिले ड्यामसाइट तथा प्रभावित क्षेत्रमा सरकारी राहत पाउने आशामा स्थानीयवासी सबैभन्दा बढी खुशी भएका छन्।

नेपाल सरकारले आफ्नै लगानीमा जलाशययुक्त उक्त आयोजना निर्माण गर्ने बताए पनि सरकारले निर्माण गर्ने कुरामा कुनै विश्वास नभएको आर्दश गाउँपालिकाका नेविसङ्घका नेता गोविन्द खड्काले बताए। उनले भने, “सरकारले पश्चिम सेती बनाउँछ भन्नु मूर्खता हो, विदेशी ठूला कम्पनीले हात नहालुञ्जेल पश्चिम सेती बन्दैन, बोलीले होइन कामले बन्ने हो।”

पश्चिम सेती जलविद्युत् आयोजनाका नाममा बर्सेनि डोटीलगायत सुदूरपश्चिममा राजनीति हुन थालेको भन्दै यहाँका स्थानीयवासी नेताप्रति आक्रोशित हुँदै आएका छन्। “पश्चिम सेती बन्ने भन्ने फेरि खबर आएको छ, जनता ढाँट्ने काम नहोस्”, पश्चिम सेती निर्माणस्थलका स्थानीय टेकबहादुर सिंहले भने, “अब पश्चिम सेतीका नाममा जनतालाई नठगियोस्, काम सम्पन्न भएरै छाडोस्।”

पश्चिम सेती बन्ने खबर आएपछि डोटीको तलारा र बैतडीको ढुङ्गाड क्षेत्रका स्थानीयवासी खुशी भएका छन्। केही समय पहिले थ्री गर्जेज कम्पनीले पश्चिम सेती नबनाउने भन्दै आफ्ना उपकरण लगेपछि निराश बनेका यहाँका स्थानीयवासी सरकारले बजेट भाषणमार्फत पश्चिम सेतीको कामलाई निरन्तरता दिने बताएपछि अहिले जिल्लावासी फेरि खुशी भएका छन्।

उनीहरु भन्छन्, “पश्चिम सेती बनाउने कति आए, कति गए कसैले निर्माण गर्न सकेका छैनन्, अब हामीलाई धोका नहोस्, जस्तो परिस्थिति आए पनि काम शुरु होस्।”(रासस)

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top