कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैलेख पठायो चिकित्सकको टोली

१८ जेठ ७७, आइतबार

१८ जेष्ठ, सुर्खेत ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आज बिहान दैलेख हिँडेको छ।

Advertisement

प्रतिष्ठान जुम्लाले चिकित्सकद्वय दिनेश शाही र डा रोश्निम प्रधान तथा जनस्वास्थ्यविज्ञ त्रय प्रेम पन्त, निशान्त लामा र प्रतिमा लामासहितको टोलीलाई दैलेख खटाएको हो।

 शनिबार दुल्लु नगरपालिका–७ दैलेख पटाङ्गिनी बजारस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका ३५ वर्षीय युवाको कोरोनाले मृत्यु भएपछि तत्काल कोरोना भाइरसको जोखिम बढ्न नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली त्यसतर्फ पठाइएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।

Advertisement

कर्णाली प्रदेश सरकारको समन्वयमा टोली दैलेख पठाइएको उनले बताए। चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली करिब एक महिनाका लागि दैलेख पठाइएको छ, रजिष्ट्रार काफ्लेले भने, टोलीले त्यहाँको अस्पतालको निर्देशनमा खटाइएको ठाउँमा समुदायस्तरमा पुगेर मेडिकल उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top