कर्णालीमा थप ७५ जनामा कोरोना संक्रमण

१८ जेठ ७७, सोमबार

१९ जेष्ठ, वीरेन्द्रनगर ।
कर्णाली प्रदेशका विभिन्न जिल्लामा थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार योसँगै कर्णालीमा संक्रमितको संख्या १९८ पुगेको छ । सोमबार प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेख, सल्यान र सुर्खेतका ३१ जनामा संक्रमण देखिएको हो ।

त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिको परीक्षणमा जुम्ला र दैलेखका ४२ जनामा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार नयाँ संक्रमितहरु दैलेखका ४१, जुम्लामा १९, सल्यानका १० र सुर्खेतका ५ जना रहेका छन् ।

Advertisement

यसअघि मन्त्रालयले आइतबारसम्म १ सय २३ जनामा संक्रमण पुष्टि गरेको थियो । सोमबार संक्रमण पुष्टि भएकामध्ये दुईजना जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी छन् । भारतबाट आएका र क्वारेन्टाइनमा बसिरहेकालाई मात्र कोरोना संक्रमण देखिएकोमा पहिलोपटक क्वारेन्टाइनबाहिर प्रहरीलाई संक्रमण देखिएको हो ।

Advertisement

भर्खरको समाचार

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

सम्बन्धित समाचार

Scroll to Top