×

NEPAL TIMES UPDATES

Playing
रास्वपामा नयाँ प्रयोगः’क्यान्डिडेट क्लब’ बाट टिकट ,नयाँलाई नदिने|| Nepal Times
May 04, 2026
Playing
चुच्चे नक्सा कागजमै सीमित हुने हो त? || Nepal Times
May 04, 2026
Playing
डोजरबारे बोले प्रधानमन्त्रीः ‘कोही पनि घरबारविहीन हुनुपर्दैन’ || Nepal Times
May 04, 2026
Playing
Trumpको घोषणासँगै तेलको मूल्यमा गिरावट || Nepal Times
May 04, 2026
Playing
लिपुलेकमा बालेन सरकारको चट्टानी अडान, भारत र चीनलाई कडा पत्र || Nepal Times
May 04, 2026
Playing
चैत १२ गते अघि नियुक्त भएका १५९४ पदाधिकारी एकमुष्ट पदमुक्त|| Nepal Times
May 03, 2026
Playing
१८१६ सुकुम्बासी परिवार सरकारी सम्पर्कमा, ७९४ जना होल्डिङ सेन्टरमा || Nepal Times
May 03, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चलाउदा किन आलोचना ?कहाँ चुक्यो बालेन सरकार ?|| Nepal Times
May 03, 2026
Playing
क्षति लुकाउँदै थिए ट्रम्प, चीन–रूस–उत्तर कोरियाले अठ्याए कमजोरी|| Nepal Times
May 03, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-20-2083 || Nepal Times
May 03, 2026

सीमा क्षेत्रको खबर: दिनहुँ हजारौँ भित्रिन्छन्, स्वास्थ्य परीक्षण न्यून

१९ जेष्ठ २०७७

१९ जेठ, भीमदत्तनगर ।

कोभिड–१९ को महामारीको नियन्त्रण र रोकथामका लागि नेपाल र भारतमा जारी बन्दाबन्दीबाट रोकिएका नेपाली नागरिक पछिल्ला केही दिनयता स्वदेश फर्किन थालेका छन् । भारतमा रेल सेवा शुरु भई नेपालको सीमा क्षेत्रका नगरमा बन्दाबन्दी खुकुलो भएपछि नेपालीहरुले स्वदेश फर्किने अवसर पाएका छन् । तर यो आगमन उनीहरुका लागि अवसरभन्दा पनि कष्टप्रद बन्दै गएको छ । एकैपटक ठूलो सङ्ख्यामा उनीहरु फर्किन थालेपछि सुदूरपश्चिम क्षेत्रका जिल्लामा उनीहरुको स्वास्थ्य परीक्षणदेखि क्वारेन्टिन बसाइको व्यवस्थापनमा समस्या थपिँदै गएको छ ।

Advertisement
Advertisement

अर्कातर्फ भारतबाट फर्किएका सुदूरपश्चिमेली नागरिकको कोरोना भइरसको परीक्षणमा ढिलाइ हुँदा सङ्क्रमणको जोखिम प्रतिदिन झनै बढ्दै गएको छ । स्वदेश फर्किएका नागरिकलाई सङ्क्रमण नियन्त्रणका लागि वडास्तरमै क्वारेन्टिन सञ्चालनमा ल्याइए पनि स्वास्थ्य परीक्षणमा भने ठोस पहल भएको छैन ।

लकडाउनका कारण चैत तेस्रो सातादेखि वैशाखसम्म सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाउँदा भारतबाट फर्किनेको सङ्ख्यामा कमी आए पनि पछिल्लो समय दशगजा क्षेत्रमै आएर नागरिक अलपत्र पर्न थालेपछि स्थानीय प्रशासनले कैलाली र कञ्चनपुरका नाकाबाट आवागमनमा सहज गरेको हो ।

सीमा क्षेत्रबाट सम्बन्धित पालिकासम्म पुग्ने क्रममा लगत सङ्कलनदेखि उनीहरुलाई यातायातलगायतको सुविधा प्रदान गरिए पनि कोरोना परीक्षण अझै प्राथमिकतामा परेको छैन । जेठमा मात्रै कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकाबाट झण्डै ४५ हजार नागरिक भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका छन् । एकैपटक ठूलो सङ्ख्यामा नागरिक भित्रिन थालेपछि स्वदेश आगमनदेखि स्वास्थ्य परीक्षण र क्वारेन्टिनको बसाइ प्रतिदिन कठिन बन्दै गएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबारसम्म यहाँ ३६ हजार ९९३ जना नागरिकलाई नौवटै जिल्लाका क्वारेन्टिनमा राखिएको छ । भारतबाट दैनिक हजारौँको सङ्ख्यामा यहाँका नाकाबाट स्वदेश फर्किरहेका छन् । सुदूरपश्चिममा धनगढीमा मात्र पिसिआर विधिबाट कोरोना जाँच गर्ने एउटामात्रै प्रयोगशाला सञ्चालनमा रहेको छ । नागरिक आगमनको बेगलाई हेर्दा यो प्रयोगशाला यहाँका लागि अपुग छ ।

‘अन्य प्रदेशमा धमाधम पिसिआर मेसिन जडान गरेर जाँचको दायरा बढाउँदै लगिएको छ’, प्रदेश स्वास्थ्य निर्देशनालय स्रोतले भने, ‘एउटा प्रयोगशालाले हजारौँको सङ्ख्यामा क्वारेन्टिनमा रहेका नागरिकको मात्रै जाँच गर्न कति दिन लाग्ला आफैँ अनुमान गर्नुस् ।’

सुदूरपश्चिम प्रदेश सरकारले बैतडी र डोटीमा पिसिआर मेसिन जडान गरेर जाँचलाई गति दिन भने पनि त्यो अझै हुन सकिरहेको छैन । भारतबाट खुल्ला सीमानाकाका कारण लुकीछिपी आउँदा सङ्क्रमण फैलिने भन्दै कञ्चनपुर स्थानीय प्रशासनले एक सातायता गड्डाचौकीबाट नेपालीलाई स्वदेश फर्किन दिएको छ ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले आइतबारसम्म गड्डाचौकी नाकाबाट मात्र १६ हजार ८९२ नागरिक भारतका विभिन्न स्थानबाट स्वदेश फर्किएका छन् । ‘फर्किनेमध्ये अधिकांश सुदूरपश्चिम, कर्णाली प्रदेश र प्रदेश नं ५ का पनि छन् ।’ सहायक प्रजिअ उपाध्यायले सीमा नाकामा तापक्रम मापन गर्नाका साथै लगत राखेर सम्बन्धित पालिका पठाउने काम भइरहेको जानकारी दिए ।

सुदूरपश्चिममा भारतबाट मजदुरी गरेर फर्किने क्रम बढेसँगै यहाँका ८८ वटै स्थानीय तहले क्वारेन्टिन सञ्चालनमा ल्याए पनि व्यवस्थापन भने उचितरुपमा हुन नसकेको गुनासोसमेत आइरहेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताल, डोटी र बैतडीबाट पनि पिसिआर विधिबाट कोरोना जाँचका लागि प्रक्रिया अघि बढेको बताए । ‘तीनवटै ठाउँमा प्रयोगशालामा चाहिने स्वास्थ्य सामग्री खरिदको प्रक्रिया अघि बढिसकेको छ’ निर्देशक डा.अवस्थीले भने, ‘प्रयोगशालाका लागि भौतिक पूर्वाधार नहुँदा पनि केही समस्या भएको छ ।’

उनले प्रयोगशालाका लागि भौतिक पूर्वाधार, स्वास्थ्य सामग्री खरिद प्रक्रियाको समस्या र जनशक्तिलगायतका कारणले सुदूरपश्चिममा परीक्षण न्यून भइरहेको बताए । ‘यो स्तरको प्रयोगशालाका लागि यहाँ हामीसँग भौतिक संरचना नै  छैन’, अवस्थीले भने, ‘प्रदेश सरकारले पनि चासोका साथ कोरोना नियन्त्रणमा सक्रियता देखाएको छ ।’ त्यसैगरी यहाँका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य चौकीमा कम्तीमा पाँच श्ययाको आइसोलेशन वार्ड बनाउन प्रदेश स्वास्थ्य निर्देशनालयले स्थानीय तहलाई पत्राचारसमेत गरेको छ ।

उता, कैलालीको त्रिनगर नाकामा दुई सातामा ३७ हजार ६०० भन्दा बढी नागरिक भारतबाट यहाँ भित्रिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शनिबारमात्रै आरडिटी विधिबाट कोरोना जाँचका लागि २४ हजार किट सुदूरपश्चिम आइपुगेको छ । ‘अहिले हामीले पिसिआर विधिबाट ८०० जनाको मात्रै कोरोना जाँच गर्न सक्छौँ ।’ निर्देशक अवस्थीले भने, ‘प्रयोगशालाका लागि दक्ष जनशक्ति पनि हामीसँग नभएको अवस्था हो ।’ उनले पिसिआर जाँचका लागि स्वाब सङ्कलन गर्न चाहिने ‘भिटिए’ यहाँका नौवटा जिल्लामा १९२ का दरले वितरण गरिएको बताए ।

सुदूरपश्चिममा हालसम्म पाँच हजार ५३६ जनाको मात्रै पिसिआर विधिबाट कोरोना जाँच गरिएको छ । यसमध्ये २१ जनामा कोरोना पोजेटिभ देखिएको छ । पाँचजना निको भएर घर फर्किसकेका छन् भने ५४५ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस प्रदेशभरमा २१ हजार ८२० जनाको आरडिटी गरिएको छ । आरडिटी पोजेटिभ देखिएका १०० जनाको यहाँका प्रादेशिक तथा जिल्ला अस्पतालमा रहेका आइसोलेशन वार्डमा उपचार भइरहेको छ । उनीहरुको १४ दिन क्वारेन्टिन बसेपछि फेरि परीक्षण गर्नुपर्ने हुन्छ । यहाँ भारतबाट आउनेको सङ्ख्यासँगै सङ्क्रमितको सङ्ख्या पनि बढ्दै छ । चार हजार आरडिटी यहाँ आयो । पिसिआर किट पनि दुई हजार १५० किट आयो । यो कम भएकाले थप आउने भनेको बताइएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भारतबाट फर्किएकाको व्यवस्थापनको जिम्मा स्थानीय प्रशासनको भएको बताए । भारतबाट फर्किएकामध्ये सयौँको सङ्ख्यामा नागरिक क्वारेन्टिनमा नगएर घर गएको देखिन्छ । ‘सिमानामा सामान्य तापक्रमका भरमा नागरिकलाई भित्र्याउँदा कोरोनाको जोखिम यहाँ धेरै बढेको देखिएको छ’, गड्डाचौकीका धीरेन्द्र चन्दले भने, ‘भारतमा सङ्क्रमण कम फैलिएका बेला नै नेपालीलाई आउन दिएको भए सम्भवत कोरोना आउने थिएन ।’ उनले सुदूरपश्चिममा देखिएका कोरोना सङ्क्रमित अधिकांश भारतबाट आएको देखिएको बताए ।

सुदूरपश्चिमका नौवटै जिल्लाका विभिन्न स्थानमा एक हजार ११९ स्थानमा स्थानीय तहले क्वारेन्टिन बनाएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा महिला तथा पुरुष गरी दुई हजार ९२० जना क्वारेन्टिनमा बसेका छन् । त्यसैगरी बैतडीमा चार हजार ५२६, बझाङमा एक हजार ८७२, बजुरामा एक हजार ९३९ जना, डडेल्धुरामा तीन हजार ४४७ जना क्वारेन्टिनमा रहेका छन् ।

यहाँको दार्चुलामा ८४४, डोटीमा ६ हजार ३२०, कैलालीमा नौ हजार ४३३ र कञ्चनपुरमा पाँच हजार ५९२ जना क्वारेन्टाइनमा बसिरहेका छन् । त्यसैगरी प्रदेश सरकारको लगानीमा कैलालीमा ५० श्ययाको कोरोना अस्पताल तयार भइसकेको छ भने कञ्चनपुरमा सोहीस्तरको अस्पताल निर्माणको अन्तिम चरणमा रहेको छ ।

सीमामा खाना र पानी

भारतका विभिन्न स्थान र नेपाल–भारत दशगजा क्षेत्रमा अलपत्र परेर स्वदेश फर्किरहेका नागरिकलाई विगत एक सातायता कञ्चनपुरको गड्डाचौकी र कैलालीको त्रिनगर भन्सार नाकामा पानी र खाना खुवाउने क्रम चलिरहेको छ । कञ्चनपुरका युवा व्यवसायी दिनेश मल्लको नेतृत्वमा यहाँको नाकाबाट आउने नागरिकलाई खाना र पानीको प्यास मेटाउन यहाँका उद्योगी, व्यवसायी, व्यापारीलगायत युवा पुस्ता अग्रसर रहेका छन् ।

‘आइतबारसम्म हामीले नेपाल आइरहेका र भारत गइरहेका भारतीय नागरिकलाई समेत गरेर १५ हजार बढीलाई खाना र पानीको प्रबन्ध गरेका छौँ’, व्यवसायी मल्लले भने, ‘हाम्रो टिममा सहयोगी हातहरु बढ्ने क्रम पनि चलिरहेको छ ।’ उक्त अभियानमा कञ्चनपुर उद्योग वाणिज्य सङ्घ, महाकाली यातायात समिति, होटल व्यवसायी सङ्घ, औषधि व्यवसायी सङ्घ, नेपाल रेडक्रस सोसाइटी महेन्द्रनगर शाखा, मदिरा व्यवसायी सङ्घ, कञ्चन समाज र यहाँका विभिन्न व्यापारी र व्यवसायीले सहयोग गरिरहेका छन् ।

‘हामीले त यो महामारीको बेला भोक र प्यास मेटाउने प्रयास गरेको थालेका हौँ’, उनले भने, ‘परोपकारी मनहरुबाट साथ र ढाडस मिलेको छ ।’ उनले भारतबाट स्थानीय प्रशासनले नेपाली आउन दिँदासम्म अभियान सञ्चालन गरिरहने बताए । स्थानीय प्रशासनसँगको समन्वयमा यो काम गरेको मल्लले बताए । खाना व्यवस्थापनमा नेपाली सेनाको प्रत्यक्ष सहयोग रहेको उनले जानकारी दिए ।

त्यसैगरी कैलालीको त्रिनगर भन्सार नाकामै पुगेर खाना र पानी वितरण गरिरहेका सुदूरपश्चिम फाउण्डेशनका अध्यक्ष भरत शाहले आठ दिनमा नौ हजारलाई खाना र पानी, बिस्कुटका साथै सेनिटाइजर र मास्क वितरण गरिएको बताए । ‘हामीलाई प्रदेश सरकारले पनि यो अभियानमा सहयोग गर्छु भनेको छ’, अध्यक्ष शाहले भने, ‘खाद्य सामग्री पनि सरकारबाट उपलब्ध गराएको छ ।’ उनले ४० जनाभन्दा बढी युवा सो अभियानमा खटिएको बताए । कैलालीमा मारवाडी युवा मञ्च, समाजसेवी, उद्योगी व्यवसायीले खाना र पानी वितरण गर्दै आएका छन् ।

– शेरबहादुर सिंह//रासस

Advertisement

भर्खरको समाचार

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

सम्बन्धित खबरहरु

Scroll to Top