इंग्लिस प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने

२० जेठ ७७, बुधबार

२१ जेष्ठ, एजेन्सी । इंग्लिस प्रिमियर फुटबल क्लबहरुले अब मैत्रीपूर्ण खेल खेल्न पाउने भएका छन् ।

प्रिमियर लिगले क्लबहरुलाई जुन १७ अघि मैत्रीपूर्ण खेल खेल्नका लागि अनुमति दिएको हो ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको लिगको यो सिजनका बाँकी खेलहरु यही जुन १७ देखि सुरु हुँदैछन् । त्यसैको तयारीका लागि क्लबहरुलाई अभ्यास खेलको अनुमति दिइएको हो ।

Advertisement

लामो समयदेखि खेल नभएकाले खेलाडीहरुलाई आपसी तालमेल मिलाउन पनि अभ्यास खेल आवश्यक देखिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top