घाटबाटै महिलाको शव नियन्त्रण, पति पक्राउ

घाटबाटै महिलाको शव नियन्त्रण, पति पक्राउ

२१ जेष्ठ, रौतहट ।
रौतहटको चन्द्रपुरमा जलाउन तयारी अवस्थामा रहेको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ।

चन्द्रपुर नगरपालिका– १० बालचनपुरस्थित घाघी खोलामा जलाउन लागेको अवस्थामा बुधबार प्रहरीले २६ वर्षीया सीमाकुमारीको शव नियन्त्रणमा लिएको हो। महिलाको मृत्यु शंकास्पद देखिएपछि शव नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी हेमबहादुर शाहीले जानकारी दिए।

महिलाको मृत्यु शंकास्पद देखिएको सूचनाको आधारमा घाटमा पुगेको प्रहरीले शव नियन्त्रणमा लिएको हो,’ शाहीले भने। मृतक महिलाका श्रीमान् मुकेश पण्डितलाई पनि प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको शाहीले बताए।

नियन्त्रण गरेको शव प्रहरीले चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालको शवगृहमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.