×

NEPAL TIMES UPDATES

Playing
लम्साल आयोगको ’टाइम बम’ः २३ वर्षदेखि थन्किएको त्यो प्रतिवेदन || Nepal Times
May 15, 2026
Playing
रविको मुद्दा फिर्ता लिने निर्णयमा अब जिल्लामै सुनुवाइ हुने,उच्चले दियो आदेश || Nepal Times
May 15, 2026
Playing
पास भयो नीति तथा कार्यक्रम, प्रतिपक्षीको बहिष्कार र विरोध, अर्थमन्त्रीले के भने ? || Nepal Times
May 15, 2026
Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026

लकडाउनको ७२ दिन, उपत्यकामा सवारी चाप बढ्यो

२१ जेष्ठ २०७७

२१ जेठ, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको बुधबार ७२ दिन पुगेको छ । लकडाउन जारी भएपनि बुधबार उपत्यकामा सवारी चाप बढेको छ । गत चैत ११ गते देखि जारी गरिएको लकडाउनका कारण जनवीवन प्रभावित भएको छ ।

त्यसैले मानिसहरु लकडाउनको प्रवाह नगरी काममा निस्कदा उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको चाप बढ्दै गएको छ । शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३२ गते सम्मका लागि लकडाउन लम्ब्याउने निणर्य गरेको थियो । बुधबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसधानको आवागमन बढेको पाइएको छ ।

Advertisement
Advertisement

उपत्यकाका तिनकुने, बानेश्वर, बानेश्वर, माइतिघर, थापाथली, सुन्धारा, जमल, दरबारमार्ग लगायतका ठाउँहरुमा सवारी साधनको चाप अत्याधिक बढेको छ । यस्तै मुख्य मुख्य चोकहरुमा सवारी जाम समेत भएको छ । प्रहरीले सवारी जाँचलाई केही खुकुलो बनाएको छ । अत्यावश्यक सेवाका सवारी साधन, पास लिएका सवारी साधन, सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी, निजी क्षेत्रमा कर्मचारी लगायतलाई समेत समान्य सोधपुछ गरी पठाउने गरेको छ ।

Advertisement
Advertisement

यस्तै भित्रि सडकमा पनि अत्यावस्यक खाद्य सामग्रीका पसलहरु खुलेको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरिरहेका छन् । यस्तै समाजिक दुरी काय गर्दै, मास्क तथा पन्जा लगाई मानिसहरु बाहिर निस्किएको देखिन्छ । लामो समय लकडाउन हुँदा मानिसहरुको आर्थिक जीवन र देशको अर्थतन्त्रमा समेत ठूलो नोक्सानी भएको भन्दै निजी क्षेत्रले सरकारलाई लकडाउनको मोडालिटी परिवर्तन गर्न दवाव दिदै आएको छ । त्यसैले पनि बुधबार उपत्यकामा लकडाउन उल्लङ्घन गरी काममा निस्कनेहरुको संख्या बढ्दा मुख्य सडकहरुमा सवारी चाप बढेको देखिन्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top