स्वरोजगारमा सहकार्य गर्न युवा उद्यमी मञ्चको प्रदेश सरकारलाई अपिल

२५ जेठ ७७, सोमबार

२६ जेठ, विराटनगर ।
राष्ट्रको आर्थिक विकासका लागि सहयोग गरौ, स्वदेशी उत्पादनको प्रयोग गरौ भन्ने मूल नाराका साथ स्थापित नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आगामी आर्थिक वर्षमा संचालन गर्ने नयाँ युवामुखी कार्यक्रमका लागि प्रदेश १ सरकारसँग सहकार्य गर्ने भएको छ ।

युवालाई केन्द्र भागमा राखेर तय भएका कार्यक्रमहरुमा प्रदेश सरकारको प्रत्यक्ष सहभागिता होस भन्ने उद्धेश्यले मञ्चले सहकार्यका लागि प्रदेश १ सरकारलाई ज्ञापनपत्र बुझाउदै ध्यानाकर्षण गराएको छ । सोमबार प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई सहकार्यका नयाँ कार्यक्रमसहितको ज्ञापन पत्र बुझाउदै मञ्चले युवालाई राष्ट्र निमाणर्को मेरुदण्डको रुपमा लिई सोही अनुरुप उक्त वर्गलाई समग्र राष्ट्रको विकासमा सहभागि गराउने उद्धेश्यमा साथ दिन अपिल गरेको छ ।

ज्ञापनपत्रमा मुलुकमा ७ लाख युवालाई रोजगारी उपलब्ध गराउने लक्ष्य पूरा गर्न प्रदेश १ मा रोजगार मेलाको आयोजना गर्न तथा युवा तथा महिला उद्यमी मञ्चद्धारा संचालन हुदै आएको कोशेली महोत्सवका लागि आर्थिक सहयोगात्मक सहकार्यको लागि आग्रह गरिएको छ । यसैगरी युवामा नविनतम व्यवसायिक योजना भएपनि आर्थिक अभाव, बजारको समस्या लगायतसँग जुधिरहनु पर्ने रहेको बताउदै युवामैत्री ब्यवसायिक परियोजनाका लागि विना धितो सिड मनि उपलब्ध गराउन अनुरोध गरिएको छ ।

Advertisement

ज्ञापनपत्र हस्तान्तरण गर्दे मंचका अध्यक्ष सृजन प्याकुरेलले युवा स्वरोजगारका लागि तालिम संचालन , व्यवसायिक विकासका लागि आवश्यक सूचना र जानकारी एकै स्थानबाट उपलब्ध गराउने व्यवस्था मिलाउन तथा व्यवसायिक आर्थिक गतिविधी समेट्ने गरी अद्यावधिक डाटा बैकको स्थापना गर्न आग्रह गरिएको बताए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री घिमिरेले युवाका समस्या समाधान र युवालाई स्वरोजगार बनाई युवामा उद्यमशीलता विकास गर्न प्रदेश सरकार सहयोग र सहकार्य गर्न तयार रहेको बताएको युवा उद्यमी मञ्चका संचार संयोजक सञ्जिव सिग्देलले जानकारी दिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top