दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरू आजबाट खुले

२६ जेठ ७७, मंगलबार

२६ जेठ, नयाँ दिल्ली ।

करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरूका साथै मठमन्दिरहरू आजदेखि खुलेका छन् । भारत सरकारले आजदेखि मन्दिरहरू खुल्ने भनी जानकारी दिएको छ । सोहीअनुसार भारतीय राजधानी नयाँ दिल्लीका साथै दिल्ली राज्यका मन्दिरहरू सोमबारदेखि खुला गरिएको बताइएको छ ।

नयाँ दिल्लीको जामा मस्जिदलगायत अरु धेरै धार्मिकस्थलहरूका साथै साइबाबा मन्दिर र गुरुद्वारा पनि खुला गरिएको बताइएको छ । तर सोमबार बिहानै भने जामा मस्जिदमा धेरै भक्तजनहरूको उपस्थिति भने देखिएन ।

Advertisement

नयाँ दिल्लीका धेरैजसो मन्दिरहरू आज खुलेको भएपनि त्यहाँ कमै मात्रामा दर्शनार्थीहरू जम्मा भएका थिए । तर मन्दिरमा पुग्नेले लामो समयपछि मन्दिर पुगेर पाठपूजा गर्न पाउँदा निकै खुसी भएको बताएका थिए ।

ती मन्दिर तथा तीर्थस्थलहरूमा पुगेका नागरिकहरूलाई स्यानिटाइजर तथा दिनुका साथै आवश्यक स्वास्थ्य मापदण्डहरू अपनाउन भनिएको थियो । उनीहरूलाई आवश्यक स्वास्थ्य मापदण्डहरू पूरा गरेर मात्र मन्दिरभित्र प्रवेश गराइएको थियो ।रासस / एएनआई

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top