×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कालीकोट दुर्घटनाका एकजना घाइतेको मृत्यु, कोरोना परीक्षण पनि गरिने

२९ जेष्ठ २०७७

२९ जेष्ठ, काठमाडौं ।
कालीकोट दुर्घटनाका एक घाइतेको उपचारका क्रममा ललितपुरको किष्ट अस्पतालमा मृत्यु भएको छ ।

हेलिकप्टरमार्फत उद्धार गरी ल्याइएका दुई जनामध्ये एक जनाको उपचारको क्रममा गएराति मृत्यु भएको कृष्ट अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । त्रिवि शिक्षण अस्पतालबाट किस्टमा रिफर भएका दुई घाइते मध्य एकजनालाई भेन्टिलेटरमा राखेर उपचार थालिएपनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement

कालीकोट ठेगाना भएका मृतक २० वर्षीय पुरुष रहेको पाठकले जानकारी दिए । यस्तै अर्का घाइतेलाई किस्टले पुनः ट्रमा सेन्टर रिफर गरेको छ । २० वर्षीय युवकको मृत्यु भइसकेपछि अर्का घाइतेलाई आईसीयुमै राखेर उपचार गर्न स्वास्थ्य सुरक्षाका दृष्टिले जोखिम हुने भएकाले ट्रमामा पठाइएको अस्पतालले जनाएको छ ।

भारतबाट आएका उनीहरुलाई क्वारेन्टिनमा राख्नैको लागि गाडीमा राखेर गन्तव्यतिर लगिँदै गरेको अवस्थामा दुर्घटना भएकाले कोरोनाको आशंकामा मृतक र घाइते दुबै जनाको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला पठाइएको पाठकले जानकारी दिए ।

अहिले मृतकमा कोरोना संक्रमण भए–नभएको पुष्टि नभएपनि अपनाउनुपर्ने सबै सावधानी अपनाएको अस्पतालले स्पष्ट पारेको छ । बुधबार कालीकोटको लालीघाटमा ३९ यात्रु बोकेको टिपर दुर्घटना भएको थियो । किस्टमा एक जनाको मृत्यु भएसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । यस्तै दुर्घटनामा परी ६ जना बेपत्ता छन् ।

Advertisement

कालीकोटको नरहरीनाथ गाउँपालिका–१ लालीघाटबाट रास्कोट नगरपालिकातर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर कर्णाली नदीमा खसेको थियो ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top