विदेशबाट हुने नेपालीको उद्धारका लागि हवाई भाडादर निर्धारण, खाडीका लागि कम्तिमा ६० हजार रुपैयाँ

२८ जेठ ७७, बिहीबार

२९ जेष्ठ, काठमाडौं ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशबाट हुने नेपालीको उद्धारका लागि हवाई भाडादर निर्धारण गरेको छ।

Advertisement

मन्त्री योगेश भट्टराईसहितको बुधबार विभिन्न २५ गन्तव्यका लागि भाडातर तोकेको हो। सरकारले विमान चार्टर्ड गरि उद्धार गर्ने तयारी गरेको छ, जसको भाडा यात्रु स्वयमले तिर्नुपर्ने छ।

साउदी अरबको दमामका लागि पाँच सय ९० डलर, रियादका लागि ६ सय ३० डलर, जेदहाका लागि ७ सय ७० डलर, कुवेतका लागि पाँच सय ७० डलर, कतारको दोहाका लागि पाँच सय ४५ डलर, ओमानका लागि पाँच सय १० डलर, यूएईको दुबई, आबुधावी र शारजाहका लागि समान ५ सय डलर भाडा तोकिएको छ।

Advertisement

यस्तै मलेसियाको क्वालालाम्पुरका लागि पाँच सय २० र बहराइनका लागि पाँच सय ४५ डलर तोकिएको छ। नारिताका लागि ९ सय ३५ डलर, जोर्डनका लागि ८ सय १५, साइप्रसका लागि ८ सय ७५, लन्डनका लागि एक हजार ३ सय ४० र जर्मनीको फ्रान्कफर्टका लागि एक हजार २ सय ५५ डलर भाडा तोकिएको छ।

हङकङका लागि पाँच सय ५०, माल्दिभ्सका लागि पाँच सय ५, कम्बोडियाका लागि ४ सय, बैंककका लागि ३ सय ९०, नयाँ दिल्लीका लागि २ सय ५, बैंगलोरका लागि ३ सय ३५, मुम्बईका लागि ३ सय १०, बंगलादेशका लागि एक सय ६५ र सुडानको खार्तुनका लागि ९ सय ४० डलर तय भएको छ। पहिलो चरणमा हुने उद्धारका गन्तब्य मुलुकको भाडा निर्धारण गरिएको हो।

Advertisement

मन्त्रालयले उद्धार उडानमा प्रयोग हुने एयरलाइन्सको लागत खर्च उठने गरी भाडा तय गरेको दावी गरेको छ। पहिलो चरणमा ११ जुनदेखि जुन २५ गतेसम्मको लागि उद्धार गर्ने तयारी छ। सरकारले नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्सलाई चार्टर्ड फ्लाइटका लागि अनुमती दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top