×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || May-21-2026 || Nepal Times
May 21, 2026
Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026

ग्यास बिक्री केन्द्रको अनुगमन

२८ चैत्र २०७४

नवलपरासी, २८ चैत ः गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलले पश्चिम नवलपरासीका ग्याँस बिक्री केन्द्रको अनुगमन गरेको छ ।

ग्यासका सिलिण्डरमा तौल कम भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले मंगलबार अनुगमन गरेको हो ।

Advertisement
Advertisement

कार्यालयका वरिष्ठ निरीक्षक योगेन्द्र पौडेलको नेतृत्वमा खटिएको टोलीले पश्चिम नवलपरासीको सुनवल, भूमही, बासा लगायतका स्थानमा रहेका बिक्री डिपोमा अनुगमन गरेको हो । अनुगमन टोलीले आरती, जानकी, बाबा, सिद्धार्थलगायत कम्पनीका ग्यासको तौल, प्रयोग मिति लगायतको अनुगमन गरेको थियो ।

सुनवलको लुम्बिनी हार्डवेयर एण्ड जनरल अर्डर सप्लायर्स, भूमहीको रोशनी एण्ड पुष्पा इन्टरप्राइजेज, राजु मल्टी ट्रेडर्स, प्रतिमा इन्टरप्राइजेज लगायतमा गरिएको अनुगमनका क्रममा नापतौलमा सामान्य मात्रामा कम (फरक) देखिएको कार्यालयका वरिष्ठ निरीक्षक पौडेलले बताए ।

Advertisement
Advertisement

धेरैजसोसँग आफ्नै तौल यन्त्र नभएकाले तत्काल नापतौल कार्यालयबाट अनुमति लिएर तौल यन्त्र राख्न निर्देशन दिइएको उनले बताए । ती पसलमा मूल्यसूची नभएको, कतिपयले दर्ता नगरी सञ्चालन गरेको र एउटा दर्ता गरेर अर्को व्यवसाय सञ्चालन गरिरहेको भेटिएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका बृहस्पति घिमिरे, घरेलु तथा साना उद्योग कार्यालयका अनिल चौधरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक प्रेम शर्मालगायतको सहभागिता रहेको थियो ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top