Nepal Times
Nepal Times
3
Shares

ग्यास बिक्री केन्द्रको अनुगमन

ग्यास बिक्री केन्द्रको अनुगमन

नवलपरासी, २८ चैत ः गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बुटवलले पश्चिम नवलपरासीका ग्याँस बिक्री केन्द्रको अनुगमन गरेको छ ।

ग्यासका सिलिण्डरमा तौल कम भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी परेपछि गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले मंगलबार अनुगमन गरेको हो ।

कार्यालयका वरिष्ठ निरीक्षक योगेन्द्र पौडेलको नेतृत्वमा खटिएको टोलीले पश्चिम नवलपरासीको सुनवल, भूमही, बासा लगायतका स्थानमा रहेका बिक्री डिपोमा अनुगमन गरेको हो । अनुगमन टोलीले आरती, जानकी, बाबा, सिद्धार्थलगायत कम्पनीका ग्यासको तौल, प्रयोग मिति लगायतको अनुगमन गरेको थियो ।

सुनवलको लुम्बिनी हार्डवेयर एण्ड जनरल अर्डर सप्लायर्स, भूमहीको रोशनी एण्ड पुष्पा इन्टरप्राइजेज, राजु मल्टी ट्रेडर्स, प्रतिमा इन्टरप्राइजेज लगायतमा गरिएको अनुगमनका क्रममा नापतौलमा सामान्य मात्रामा कम (फरक) देखिएको कार्यालयका वरिष्ठ निरीक्षक पौडेलले बताए ।

धेरैजसोसँग आफ्नै तौल यन्त्र नभएकाले तत्काल नापतौल कार्यालयबाट अनुमति लिएर तौल यन्त्र राख्न निर्देशन दिइएको उनले बताए । ती पसलमा मूल्यसूची नभएको, कतिपयले दर्ता नगरी सञ्चालन गरेको र एउटा दर्ता गरेर अर्को व्यवसाय सञ्चालन गरिरहेको भेटिएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका बृहस्पति घिमिरे, घरेलु तथा साना उद्योग कार्यालयका अनिल चौधरी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक प्रेम शर्मालगायतको सहभागिता रहेको थियो ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.