Nepal Times
Nepal Times
3
Shares

ब्राजिलका दश नयाँ मन्त्रीकाे कार्यभार शुरु

ब्राजिलका दश नयाँ मन्त्रीकाे कार्यभार शुरु

रियो डि जानेरो, २८ चैत ः ब्राजिलका नवनियुक्त दश जना मन्त्रीले मंगलबार कार्यभार सम्हालेका छन् । ।

राष्ट्रपति मिचेल टेमेरले उनीहरूलाई शपथग्रहण गराउनु भएको ब्राजिलको समाचार संस्थाहरूले जनाएका छन् । आउँदो अक्टोबर महिनामा आमनिर्वाचनको तयारी भइरहेका बेला नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिइएको हो ।

आगामी निर्वाचनबाट नयाँ राष्ट्रपति, राज्य सरकार, केन्द्रीय सरकार र सांसदहरू निर्वाचित हुनेछन् ।

निर्वाचित हुने यिनीहरूमध्ये अन्य सबैको चार वर्षे कार्यकाल हुनेछ भने संसद्को आठ वर्षे कार्यकाल हुनेछ ।

अहिले परिवर्तन भएका मन्त्रीहरूमध्ये वित्त मन्त्री हेर्निक मेरेलेसले ब्राजिलियन डेमोक्र्याटिक मुभमेण्ट (एमडिबी) पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने सम्भावना रहेको बताइएको छ ।

अहिलेका राष्ट्रपति टेमेरले पनि केही दिनअगाडि आफू फेरि निर्वाचित हुन चाहेको संकेत गरेका छन् । दुई जनाको चाहनाका कारण पार्टीमा तनाव हुने देखिएको छ ।

मेइरेलेसले उपराष्ट्रपति बन्न भने चाहना नभएको भन्दै अस्वीकार गर्दै आएकोे समाचारमा जनाइएको छ ।

राष्ट्रपतिका आकांक्षी बन्नुभएका मेइरेलेसलाई इडुर्डो गुर्डियाले अर्थमन्त्रीमा विस्थापित गरेका छन् ।

नयाँ बनेका मन्त्रीहरूमध्ये रोस्सीली सोर्रेसलाई शिक्षा मन्त्रालय, अल्बर्टो बेल्ट्रामलाई समाज विकास मन्त्रालय, इस्टेभेस कोल्नागोलाई योजना मन्त्रालय, लेन्ड्रो क्रुज फ्रोज डा सिल्भालाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी पर्यटनमन्त्रीमा मिनिसिउस लुम्मेर्टस, खनिज तथा ऊर्जा मन्त्रीमा वेलिङटन मोरेइरा फ्रान्सो, राष्ट्रिय एकीकरण मन्त्रीमा एन्टोनियो डे पाडौ डे डेउस, उद्योग तथा व्यापार मन्त्रीमा मार्कोस जोर्गे डे लिमा र मजदुर मन्त्रीमा हेल्टन योमुरा नियुक्त भएका छन् ।

राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार मानवअधिकार मन्त्रालयमा गुस्टाभो रोचा भने शपथग्रहण गराउने समारोहमा सहभागी हुन आएका थिए ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.