मृत फेला परेका कोरोना संक्रमितको पहिचान नखुल्दै अन्तिम संस्कार

३२ जेठ ७७, आइतबार

३२ जेठ, वीरगन्ज ।
वीरगन्जको घन्टाघर अगाडिको बीपी उद्यान पार्कमा मृत फेला परेका कोरोना संक्रमितको पहिचान नखुल्दै अन्तिम संस्कार गरिएको छ । उनको शुक्रबार राति सेनाको टोलीले अन्तिम संस्कार गरेको हो ।

Advertisement

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मनजीत कुँवरका अनुसार कोरोना संक्रमित मृत व्यक्तिको अझै पहिचान खुलेको छैन ।गत जेठ २८ मा बेवारिसे अवस्थामा भेटिएका करिब २५ वर्षीय पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा थ्रोट स्वाब परीक्षण हुँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

डिएसपी कुँवरले उनको पछि पनि सनाखत हुन सक्ला भनेर उनको तस्बिर राखेको बताए । उनका अनुसार ती व्यक्ति सारै दुब्ला र रोगले ग्रस्त देखिन्थे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top