काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन सबैभन्दा महत्वपूर्ण आधार रहेको बताएका छन् ।
बुधबार दिउँसो नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले त्यसका लागि पूर्वाधारको विकासमा लाग्नुपर्ने बताए ।
‘अहिलेको युग पानीको युग हो । विश्लेषकहरुले अब तेस्रो विश्वयुद्ध भए पानीकै कारणले हुने विश्लेषण गरेका छन् । अहिलेको दुनियाँमा पानी नै विश्वको सबैभन्दा ठूलो शक्ति हो’, उहाँले भन्नुभयो ‘नेपालको आर्थिक विकासको एउटा अनन्त यात्रामा जाने व्यवसाय भनेको पर्यटन नै हो । हामीले पर्यटनका लागि आवस्यक पर्ने पूर्वाधारहरु विकास गर्नेमा ध्यान केन्द्रित ग¥यौँ भने पर्यटन व्यवसाय त्यस्तो व्यवसाय हो जसको कहिँ अन्त्य छैन ।’
प्रचण्डले भने, ‘पर्यटन कहिल्यै नसकिने समृद्धिको आधार हो । यो अनन्त हुन्छ, पर्यटनको विकास नेपालको समृद्धिको प्रमूख आधार पनि हो । नेपालमा हामीसँग यति धेरै नदीनाला छन् । हामीले आर्थिक समृद्धिको नयाँ संकल्प गर्दैछौं, त्यसको सबैभन्दा महत्वपूर्ण आधार पानी नै हो ।’
पानीका बहुआयमिक विशेषता रहेका उल्लृख गदै प्रचण्डले हामीले सीमित क्षेत्रमा मात्रै पानीको प्रयोग गरेको बताए । ‘जलविद्युत, पिउने पानीको निर्यात, ¥याफ्टिङ लगायतका विविध क्षेत्रबाट नेपालले लाभ लिन सक्छ । यस अन्तरक्रियाले त्यसका लागि सार्थक सामग्री प्रदान गर्ने आशा लिएको छु ।’