×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

विकासको महत्वपूर्ण आधार पर्यटनः प्रचण्ड

२८ चैत्र २०७४

काठमाडौं–माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आर्थिक विकासको अनन्त यात्रामा पर्यटन सबैभन्दा महत्वपूर्ण आधार रहेको बताएका छन् ।
बुधबार दिउँसो नेपाल पर्यटन बोर्डमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले त्यसका लागि पूर्वाधारको विकासमा लाग्नुपर्ने बताए ।
‘अहिलेको युग पानीको युग हो । विश्लेषकहरुले अब तेस्रो विश्वयुद्ध भए पानीकै कारणले हुने विश्लेषण गरेका छन् । अहिलेको दुनियाँमा पानी नै विश्वको सबैभन्दा ठूलो शक्ति हो’, उहाँले भन्नुभयो ‘नेपालको आर्थिक विकासको एउटा अनन्त यात्रामा जाने व्यवसाय भनेको पर्यटन नै हो । हामीले पर्यटनका लागि आवस्यक पर्ने पूर्वाधारहरु विकास गर्नेमा ध्यान केन्द्रित ग¥यौँ भने पर्यटन व्यवसाय त्यस्तो व्यवसाय हो जसको कहिँ अन्त्य छैन ।’
प्रचण्डले भने, ‘पर्यटन कहिल्यै नसकिने समृद्धिको आधार हो । यो अनन्त हुन्छ, पर्यटनको विकास नेपालको समृद्धिको प्रमूख आधार पनि हो । नेपालमा हामीसँग यति धेरै नदीनाला छन् । हामीले आर्थिक समृद्धिको नयाँ संकल्प गर्दैछौं, त्यसको सबैभन्दा महत्वपूर्ण आधार पानी नै हो ।’
पानीका बहुआयमिक विशेषता रहेका उल्लृख गदै प्रचण्डले हामीले सीमित क्षेत्रमा मात्रै पानीको प्रयोग गरेको बताए । ‘जलविद्युत, पिउने पानीको निर्यात, ¥याफ्टिङ लगायतका विविध क्षेत्रबाट नेपालले लाभ लिन सक्छ । यस अन्तरक्रियाले त्यसका लागि सार्थक सामग्री प्रदान गर्ने आशा लिएको छु ।’

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top