Nepal Times
Nepal Times
3
Shares

डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत

गृहमन्त्रालयले डिआइजी रमेश खरेलको राजीनामा स्वीकृत गरेको छ।

गृहमन्त्री रामबहादुर थापाले उनको राजीनामा स्वीकृत गरेका हुन्। गृह मन्त्रालयका अनुसार डिआइजी खरेलले घरायसी कारणले राजीनामा दिएका हुन्।

गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत भएको प्रहरी प्रधान कार्यालयलाई जानकारी गराएको छ।

मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले बुधबार राजीनामा पत्र बुझाएका थिए। आजै गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो।

खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सगै निरीक्षकको परीक्षा उत्तिर्ण गरी प्रहरी निरिक्षक भएका थिए।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.