हामी विस्तारवादी होइनौं, ‘छोटे भाइ’सँग जे समस्या छ सुल्झाएर अघि बढ्छौंः नितिन गडकरी

१ असार ७७, मंगलबार

२ असार, एजेन्सी ।
भारतका सडक परिवहन र राजमार्ग मन्त्री नितिन गडकरीले नेपालसँगको सम्बन्धमा कुनै विवाद नरहेको बताएका छन्।

Advertisement

नेपाललाई ‘छोटे भाइ’ भनेर उच्चारण गर्दै मन्त्री गडकरीले पछिल्लो समयमा देखिएका स–साना समस्यालाई सुल्झाएर अगाडि बढ्ने र सम्बन्ध अझ मधुर बनाइने बताए। नेपाल–भारतको सम्बन्धमा खटपट आएको छ नि भनेर बीबीसी न्यूज हिन्दीका सम्पादक मुकेश शर्माले सोधेको प्रश्नमा मन्त्री गडकरीले आफूले सम्बन्धमा खटपट भएको कुरालाई नमान्ने बताए।

नेपाल भारत सम्बन्धमा कुनै समस्या नआएको उनको आशय थियो। लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई लिएर नेपाल र भारतबीच विवाद बढेका बेला नरेन्द्र मोदी क्याविनेटका मन्त्रीले भने सम्बन्धमा कुनै समस्या नआएको दावी गरे। यद्यपि, प्रस्तोता र मन्त्रीले कालापानीको नाम भने उच्चारण गरेनन्।

Advertisement

मन्त्री गडकारीले भारतीय जनता पार्टीको विस्तारवादी नीति नरहेको भन्दै कालापानी विवादलाई सांकेतिक रुपमा स्वीकार गर्दै नेपालसँग भएका समस्या सुल्झाएर अघि बढ्ने बताए।

‘मलाई लाग्छ कि हामी एक अर्काप्रति छोटे भाइको रुपमा यो देशलाई मान्छौं। स–सानो कुरा जे छ, त्यसलाई सुल्झाएर फेरि पनि राम्रो र मधुर सम्बन्ध कायम गर्नेछौं, त्यसतर्फ अगाडि बढ्नेछौं। यही भारतको नीति र हाम्रो भूमिका हो,’ उनले भने।

Advertisement

अटल बिहारी बाजपेयीको नेतृत्वदेखि नै आफूहरुको छिमेकमा रहेका साना देशसँग सम्मानजनक सम्बन्ध रहेको स्मरण गर्दै मन्त्री गडकारीले बाजपेयीले भारतीय जनता पार्टीलाई विस्तारवादी भूमिकामा छैनौ भन्ने दर्शन दिएको बताए।

‘भुटानजस्तो सानो राष्ट्र पनि हुनेछ। उनीहरुको साहित्य, संस्कृति र कलाको इज्जत गर्छौं। हामीले कहिले पनि विस्तारवादी नीति राखेका छैनौं,’ उनले भने, ‘बंगलादेशको अनुभवमा पनि हामीले भनेका थिएनौ कि लडाई लडौं र जितौं भनेर। हामीले बंगलादेशलाई स्वाधिनता दिलायौं। त्यहाँ हाम्रो कुनै उपस्थिति रहेन।’

सिकागोमा स्वामी विवेकानन्दको ‘मेरो धर्म, भगवान वा मेरो देश श्रेष्ठ हो भन्न म यहाँ आएको होइन। सबैको भगवान र धर्म श्रेष्ठ हो। अन्तत्वागत्व जो भक्ति गर्छ उ एकै ठाउँमा पुग्छ’ भन्ने भनाई स्मरण गर्दै मन्त्री गडकरीले विश्व, मानवता र सबैको कल्याण होस् भन्ने भावना भारतीय संस्कृतिको विशेषता भएको बताए।

‘हामी विस्तारवादी होइनौं। केही मानिस छन् जसको वास्तविक विचार विस्तारवादसँग जोडिएको छ। तर, स्वभाविक रुपमा हाम्रा साना–साना भाइजस्ता देशसँग हाम्रो मधुर सम्बन्ध छ,’ उनले भने, ‘स–सानो कुरा कहिले काहीँ आयो भने त्यसलाई सुल्झाएर हामीले हरेक पटक मेन्टेन गरेका छौं। यहीँ भारतको सबैभन्दा बलियो पक्ष हो। हामी सबैको साथमा छौं।’

नेपालमा भूकम्प जाँदा पनि भारतले पहिला सहयोग गरेको मन्त्री गडकरीले स्मरण गरे। ‘जब नेपालमा भूकम्प गयो, पहिलो मिनेटमै प्रधानमन्त्री नरेन्द्र मोदीले एक्सन लिनुभयो। सबै प्रकारको सहायता नेपाललाई दिए,’ उनले भने।

नेपालले छोटे भाइ होइन समान व्यवहार हुनुपर्छ भन्दै आएको छ नि भन्ने प्रश्नमा मन्त्री गडकरीले पारिवारिक भावले भाइ भनेको तर सम्बन्ध जहिले पनि बराबर सम्मानका साथ अगाडि बढेको दावी गरे।

‘छोटे भाइ परिवारका हिसाबले भन्छौं। तर, हामी बराबरीकै हिसाबले हेर्छौं। कुनै सानो नजरले हेर्दैनौं। हाम्रो मनमा जो पारिवारिक भाव छ, हाम्रो परिवार एक छ, एक परिवार हौं। हामी सबै भाइ मिलेर बस्नेछौं। यो भावमा मैले छोटे भाइ शब्दको उल्लेख गरेको हुँ,’ मन्त्री गडकरीले स्पष्ट पारे, ‘सम्बन्धमा जो रिलेसनसीप हुन्छ त्यो परिवार जुन हिसाबले भाइहरुको बीचमा हुन्छ त्यस्तै भूमिका मैले राखेको हुँ।’

उनले शान्ति र अंहिसाका लागि भारत सामर्थ्यवान राष्ट्र बन्नुपर्ने आफ्नो धारणा रहेको पनि सुनाए। उनले पटक पटक भारत विस्तारवादी नभएको प्रष्टिकरण दिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top