दक्षिण कोरियाले नेपाललाई दियाे ५० हजार थान पीसीआर किट

२ असार ७७, मंगलबार
Share this
767shares

२ असार, काठमाडौँ ।

Advertisement

दक्षिण कोरियाली सरकारले नेपाल सरकारलाई ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज रु ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण आज सरकारलाई हस्तान्तरण गरेको छ ।

कोहकाका तर्फबाट यहाँस्थित कोरियली राजदूतावासको कार्यबाहक राजदूत सन चिल कोन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख डा. राजन पोखरेललाई हस्तान्तरण गरे। कोरियाले आज २५ हजार थान परीक्षण उपकरण उपलब्ध गराएको तथा बाँकी स्वास्थ्य सामग्री आगामी शनिबारबाट प्रदान गरिने कोहकाले जनाएको छ ।रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top