×

NEPAL TIMES UPDATES

Playing
अहिलेसम्म कति मत खस्यो ? || Nepal Times
Mar 05, 2026
Playing
कतारको सबैभन्दा ठूलो अमेरिकी राडार ध्वस्त,मिसाइल ट्रयाकिङ बन्द|| Nepal Times
Mar 05, 2026
Playing
World News: Trumpको ह*त्या गर्ने इरानी प्रयास! अमेरिकी संसदमा यु*द्ध रोक्ने प्रस्ताव फेल
Mar 05, 2026
Playing
अर्कैको नाममा भोट हाल्न जाने प क्रा उ, धनुषामा सेनाले जफत गर्यो पर्चा || Nepal Times
Mar 05, 2026
Playing
प्रचण्ड, गगन हेलिबाट निर्वाचन क्षेत्र पुग्दा रवि गाडीबाटै, बालेन र ओली रोकिए|| Nepal Times
Mar 05, 2026
Playing
Top 15 Afternoon News || Mar-05-2026 || Nepal Times
Mar 05, 2026
Playing
मतदानपछि ओली, एमालेको बहुमत आउँछ, म प्रधानमन्त्री बन्नेमा शंका छैन|| Nepal Times
Mar 05, 2026
Playing
जिल्लादेखि केन्द्रसम्म रिजर्भ फोर्स, हरेक मतदानस्थलको ‘लाइभ’ मनिटरिङ|| Nepal Times
Mar 05, 2026
Playing
किन भोट खसाल्न गएनन् मतदाता ? || Nepal Times
Mar 05, 2026
Playing
बालेनलाई हेलिकप्टरबाट झापा घुम्न रोकियो, हेलि काठमाडौं फर्काइयो || Nepal Times
Mar 05, 2026

बन्दाबन्दी खुकुलोसँगै आँखाको उपचार गर्ने बढे

२ असार २०७७

२ असार, काठमाडौं ।

सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै तिलगङ्गा आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्न थालेको छ । गत सातासम्म दैनिक १५० जनाको हाराहारीमा अस्पताल आउने गरेकामा यो सङ्ख्या अहिले २५० पुगेको छ । बन्दाबन्दीले यातायात साधनको अभावमा धेरै जना अस्पताल आउन नसकेपनि अहिले निजी सवारीसाधन खुुलेकाले अस्पतालमा आउनेको सङ्ख्या बढेको अस्पताल निर्देशक डा रोहित सैँजुले बताए । अस्पतालले अपेक्षा गरेअनुसार भने सङ्ख्या बढिसकेको छैन । उपत्यकामा पनि आफ्नो साधन नभएकाहरु आउन सकेका छैनन् । उनले भने–‘अहिलेसम्म जटिल अवस्थाका बिरामी मात्रै आइरहेका छन् ।’

सामान्य अवस्थामा काठमाडौँ उपत्यका भन्दा बाहिरबाट बढी बिरामी आउने गरेका थिए । अहिले बाहिरबाट आउन नसकेकाले बिरामी कम भएको हुनसक्ने निर्देशक सैँजुले बताए । उपत्यका बाहिरबाट जटिल अवस्थाका बिरामी एम्बुसलेन्सबाट आइरहेका छन् । सामान्य अवस्थामा सबैभन्दा बढी तराईबाट बिरामी आउँथे । उनले भने– ‘तराईमा जनसङ्ख्या बढी भएकाले होला बिरामी पनि त्यहीबाट आउने गरेका छन् ।’ अस्पतालले बन्दाबन्दीमा यहाँ कार्यरत २० विशेषज्ञको टेलिफोन नम्बर उपलब्ध गराएको छ । कुनै बिरामीले पहिले समस्या हुँदा सोही नम्बरमा सम्पर्क गरेर सम्पर्क गरिरहेको निर्देशक डा.सैजुले बताए । कतिपय बिरामीले पहिले औषधि खाइरहेकामा त्यसलाई थप गर्ने कि नगर्ने भनी टेलिफोनबाट सल्लाह दिइने उनले बताए । उनले भने– ‘अहिले पनि आठदेखि १० जनाले टेलिफोनबाटै परामर्श लिइरहेका छन् ।’

अस्पतालमा बन्दाबन्दीको समयमा शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात कुनै समस्या आइपरेका बिरामी आउने गरेका थिए । बन्दाबन्दी शुरु हुनासाथ परिवार नै आँखा जचाँउन आउँदा अस्पतालमा भीडभाड भएको निर्देशक डा.सैँजुले बताए । सबैको बिदाको समय भएकाले त्यसको सदुपयोग गरेर आँखा जचाँउन आउने धेरै थिए । कोभिड–१९ सङ्क्रमण फैलिने हुनाले अस्पतालले यसलाई कम गरेको उनले बताए । उनले भने– ‘लकडाउन थपिरहँदा बिरामीको सङ्ख्या घटेको थियो ।’

सामान्य अवस्थामा अस्पतालमा दैनिक ६० देखि एक सय जनासम्मको शल्यक्रिया हुन्छ । अहिले त्यो सङ्ख्या पाँच छ जना मात्रै रहेको छ । टेलिफोनबाट समस्या सुनेर सल्लाह दिँदा चिकित्सकले अति आवश्यक हुँदा अस्पतालमा बोलाउने तर कुनै समस्या सुन्दा त्यो सामान्य समस्या भएमा नजिकैका औषधि पसलमा गएर औषधि किनेर प्रयोग गर्न भन्ने गरेको छ । अस्पतालले नयाँ बिरामीको समस्या सुनेर अस्पताल आउनपर्ने वा नपर्ने सल्लाह दिने गरेको छ भने पुराना बिरामीको अस्पतालमा रहेको विवरणबाट उसको पहिलेको समस्याका बारेमा बुझ्ने गरेको छ ।

बिरामी गेटबाट प्रवेश गर्नासाथ सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । बिरामीको विवरण सोध्दा शङ्का लागेका व्यक्तिलाई उसको तापक्रम हेर्ने र मास्क नलगाएको व्यक्तिलाई मास्क लगाएर र सेनिटाइजरले हात सफा गरेर मात्रै प्रवेश गराइन्छ । यदि कुनै व्यक्तिमा कोभिड–१९ को शङ्का लागेमा उसलाई नजिकैको कोभिड क्लिनिक पठाइन्छ । अस्पतालले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल वा सिनामङ्लस्थित काठमाडौँ मोडल अस्पतालमा पठाउने व्यवस्था मिलाएको छ । आवश्यक दूरी कायम गरेर उपचार सेवा प्रदान गरिएको छ । कोरोना भाइरस आँखाबाट पनि सर्ने भएकाले विशेषज्ञलगायतका स्वास्थ्यकर्मीले आवश्यक सावधानी अपनाउन आवश्यक रहेको छ । अस्पतालको क्षेत्रफल ठूलो भएकाले भित्र सामाजिक दूरी कायम गराउन कठीन छैन ।

उनले भने– ‘अबको केही समय यसबाट स्वास्थ्यकर्मीलगायत कर्मचारी सुरक्षित भएर काम गर्नुपर्ने अवस्था छ ।’ बिरामीको चाप कम भएकाले आवश्यक सङ्ख्यामा मात्रै कर्मचारी आउँछन् । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ गर्ने व्यक्तिसमेत आवश्यकताअनसार आइरहेका छन् । बन्दाबन्दीको केही सातासम्म पनि पिपिई नपाएको अस्पतालले अहिले भने पाइसकेको छ । राष्ट्रिय आविष्कार केन्द्रले अस्पताललाई पिपिई उपलब्ध गराएको थियो । बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकाका अस्पतालमा बिरामीको चाप बढिरहेको छ । निजी सवारी चल्दा उपत्यकावासीलाई उपचारमा सजिलो भएको छ ।–सञ्चिता घिमिरे/रासस

भर्खरको समाचार

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

राष्ट्रपति र उपराष्ट्रपतिले गरेनन् मतदानः पूर्वराष्ट्रपतिहरु के भन्छन् ?

Screenshot 2026-03-05 155551

बालेनको हेलि रोकिएपछि ओलीपनि झापा नजाने

Screenshot 2026-03-05 131333

आजको निर्वाचन किन विशेष छ ?

59dec7b1-ffc4-4a59-92ac-05992ca9a7c9

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार यादव पक्राउ, मोदीको भिडियो बनाउने समातिए

646734880_1237585725170615_3234719909965768070_n

प्रधानमन्त्रीले धापासीबाट भोट हाल्ने, बालेन, कुलमानले हाले भोट

Screenshot 2026-03-05 081435

बालेन,रवि,ओलीदेखि प्रचण्ड,गगनसम्मले आफूलाई भोट हाल्न नपाउने

2f9aeca7-a85b-4734-b63e-8656aa1e6cd6 (1)

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

image

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

सम्बन्धित खबरहरु

Scroll to Top