NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ? बुधबार असार ३२ , २०८२
अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’ बुधबार असार ३२ , २०८२
३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ? मङ्लबार असार ३१ , २०८२
सुपर पावरको दौडमा चीन,अमेरिका पीडितसँग सम्बन्ध जोड्दै मङ्लबार असार ३१ , २०८२
Next
Prev

समाचार

बन्दाबन्दी खुकुलोसँगै आँखाको उपचार गर्ने बढे

मङ्लबार असार २ , २०७७
Reading Time: 1 min read
A A
बन्दाबन्दी खुकुलोसँगै आँखाको उपचार गर्ने बढे
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२ असार, काठमाडौं ।

सरकारले बन्दाबन्दी खुकुलो बनाएसँगै तिलगङ्गा आँखा अस्पतालमा आउने बिरामीको सङ्ख्या बढ्न थालेको छ । गत सातासम्म दैनिक १५० जनाको हाराहारीमा अस्पताल आउने गरेकामा यो सङ्ख्या अहिले २५० पुगेको छ । बन्दाबन्दीले यातायात साधनको अभावमा धेरै जना अस्पताल आउन नसकेपनि अहिले निजी सवारीसाधन खुुलेकाले अस्पतालमा आउनेको सङ्ख्या बढेको अस्पताल निर्देशक डा रोहित सैँजुले बताए । अस्पतालले अपेक्षा गरेअनुसार भने सङ्ख्या बढिसकेको छैन । उपत्यकामा पनि आफ्नो साधन नभएकाहरु आउन सकेका छैनन् । उनले भने–‘अहिलेसम्म जटिल अवस्थाका बिरामी मात्रै आइरहेका छन् ।’

सामान्य अवस्थामा काठमाडौँ उपत्यका भन्दा बाहिरबाट बढी बिरामी आउने गरेका थिए । अहिले बाहिरबाट आउन नसकेकाले बिरामी कम भएको हुनसक्ने निर्देशक सैँजुले बताए । उपत्यका बाहिरबाट जटिल अवस्थाका बिरामी एम्बुसलेन्सबाट आइरहेका छन् । सामान्य अवस्थामा सबैभन्दा बढी तराईबाट बिरामी आउँथे । उनले भने– ‘तराईमा जनसङ्ख्या बढी भएकाले होला बिरामी पनि त्यहीबाट आउने गरेका छन् ।’ अस्पतालले बन्दाबन्दीमा यहाँ कार्यरत २० विशेषज्ञको टेलिफोन नम्बर उपलब्ध गराएको छ । कुनै बिरामीले पहिले समस्या हुँदा सोही नम्बरमा सम्पर्क गरेर सम्पर्क गरिरहेको निर्देशक डा.सैजुले बताए । कतिपय बिरामीले पहिले औषधि खाइरहेकामा त्यसलाई थप गर्ने कि नगर्ने भनी टेलिफोनबाट सल्लाह दिइने उनले बताए । उनले भने– ‘अहिले पनि आठदेखि १० जनाले टेलिफोनबाटै परामर्श लिइरहेका छन् ।’

Advertisement

अस्पतालमा बन्दाबन्दीको समयमा शल्यक्रिया गरेर ‘फलो अप’ का बिरामी वा अकस्मात कुनै समस्या आइपरेका बिरामी आउने गरेका थिए । बन्दाबन्दी शुरु हुनासाथ परिवार नै आँखा जचाँउन आउँदा अस्पतालमा भीडभाड भएको निर्देशक डा.सैँजुले बताए । सबैको बिदाको समय भएकाले त्यसको सदुपयोग गरेर आँखा जचाँउन आउने धेरै थिए । कोभिड–१९ सङ्क्रमण फैलिने हुनाले अस्पतालले यसलाई कम गरेको उनले बताए । उनले भने– ‘लकडाउन थपिरहँदा बिरामीको सङ्ख्या घटेको थियो ।’

सामान्य अवस्थामा अस्पतालमा दैनिक ६० देखि एक सय जनासम्मको शल्यक्रिया हुन्छ । अहिले त्यो सङ्ख्या पाँच छ जना मात्रै रहेको छ । टेलिफोनबाट समस्या सुनेर सल्लाह दिँदा चिकित्सकले अति आवश्यक हुँदा अस्पतालमा बोलाउने तर कुनै समस्या सुन्दा त्यो सामान्य समस्या भएमा नजिकैका औषधि पसलमा गएर औषधि किनेर प्रयोग गर्न भन्ने गरेको छ । अस्पतालले नयाँ बिरामीको समस्या सुनेर अस्पताल आउनपर्ने वा नपर्ने सल्लाह दिने गरेको छ भने पुराना बिरामीको अस्पतालमा रहेको विवरणबाट उसको पहिलेको समस्याका बारेमा बुझ्ने गरेको छ ।

बिरामी गेटबाट प्रवेश गर्नासाथ सामान्य स्वास्थ्य जाँचको व्यवस्था गरिएको छ । बिरामीको विवरण सोध्दा शङ्का लागेका व्यक्तिलाई उसको तापक्रम हेर्ने र मास्क नलगाएको व्यक्तिलाई मास्क लगाएर र सेनिटाइजरले हात सफा गरेर मात्रै प्रवेश गराइन्छ । यदि कुनै व्यक्तिमा कोभिड–१९ को शङ्का लागेमा उसलाई नजिकैको कोभिड क्लिनिक पठाइन्छ । अस्पतालले नयाँ बानेश्वरस्थित सिभिल अस्पताल वा सिनामङ्लस्थित काठमाडौँ मोडल अस्पतालमा पठाउने व्यवस्था मिलाएको छ । आवश्यक दूरी कायम गरेर उपचार सेवा प्रदान गरिएको छ । कोरोना भाइरस आँखाबाट पनि सर्ने भएकाले विशेषज्ञलगायतका स्वास्थ्यकर्मीले आवश्यक सावधानी अपनाउन आवश्यक रहेको छ । अस्पतालको क्षेत्रफल ठूलो भएकाले भित्र सामाजिक दूरी कायम गराउन कठीन छैन ।

उनले भने– ‘अबको केही समय यसबाट स्वास्थ्यकर्मीलगायत कर्मचारी सुरक्षित भएर काम गर्नुपर्ने अवस्था छ ।’ बिरामीको चाप कम भएकाले आवश्यक सङ्ख्यामा मात्रै कर्मचारी आउँछन् । चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइ गर्ने व्यक्तिसमेत आवश्यकताअनसार आइरहेका छन् । बन्दाबन्दीको केही सातासम्म पनि पिपिई नपाएको अस्पतालले अहिले भने पाइसकेको छ । राष्ट्रिय आविष्कार केन्द्रले अस्पताललाई पिपिई उपलब्ध गराएको थियो । बन्दाबन्दी खुकुलो भएसँगै उपत्यकाका अस्पतालमा बिरामीको चाप बढिरहेको छ । निजी सवारी चल्दा उपत्यकावासीलाई उपचारमा सजिलो भएको छ ।–सञ्चिता घिमिरे/रासस

लोकप्रीय

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२

विचार

थप समाचार

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’
अन्तर्राष्ट्रिय

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?
ताजा समाचार

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?
अन्तर्राष्ट्रिय

३९ वर्षे मोड्रिच मिलान पुगे ,रियल म्याड्रिड किन छाडे ?

मङ्लबार असार ३१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14
Currently Playing

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

World News: Ukraineमा जासुसी गर्ने अमेरिकीलाई Russian पासपोर्ट, लेबनानमा फेरि ह*म*ला || Nepal Times

00:16:18

World News: अमेरिकामा मूल्यबृद्धि, चिनियाँ अर्थतन्त्रमा हरियाली, सीको विदेशमन्त्रीहरुसंग भेट

00:17:16

World News: Syria दंगामा ३०को मृ*त्यु, बेलायती विमानमा आगो || Nepal Times

00:17:08

World News:एकैदिन ११० प्यालेस्टिनी मा*रि*ए, गाजाको ८६% क्षेत्र कब्जा, दशौं हजार विस्थापित

00:14:06

World News:Iranले १६ दिनमा ५ लाख अफगानी निकाल्यो, बौद्ध बिहारमा ह*म*ला || Nepal Times

00:16:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

जनतालाई उद्धार गर्न डुङ्गा छैन, प्रहरीलाई बन्दुक  किन्ने

मङ्लबार असार २४ , २०८२
महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

महिला फुटबल प्रशिक्षक नफर्किने मुडमा, एन्फाले काम गर्न दिएन

मङ्लबार असार २४ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण किन मानव तस्करीसँग जोडियो ?

सोमवार असार २३ , २०८२

हालका पोस्टहरू

मोदीले के भने? खुसी हुँदै चीनले सम्झियो ‘ड्र्यागन–हात्ती नृत्य’

तिक्तताभुलेर हात मिलाउँदै सी र मोदी

बुधबार असार ३२ , २०८२
गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

गृहमन्त्रीले चाँही राजीनामागर्नु पर्दैन ? प्रधानमन्त्री किन लाचार ?

बुधबार असार ३२ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

अर्घाखाँची पहिरोमा दम्पत्तिको मृत्यु, आज २९ जिल्लामा ‘एल्लो अलर्ट’

बुधबार असार ३२ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.