Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा सुविधा सम्पन्न तिन तारे बिग होटल बैशाख १ गतेदेखी सञ्चालन हुदै

विराटनगरमा सुविधा सम्पन्न तिन तारे बिग होटल बैशाख १ गतेदेखी सञ्चालन हुदै

किशोर विश्वकर्मा
विराटनगर, चैत २९
विराटनगरमा अब केहिदिन भित्रमै सुविधा सम्पन्न तिन तारे होटल सञ्चालनमा आउने भएको छ । विराटनगर स्थित रोडशेष चोकबाट करीब डेढ सय मिटर उत्तर पूर्वमा वैशाख १ गतेदेखी सुविधा सम्पन्न तिन तारे बिग होटल सञ्चालनमा आउन लागेको हो ।

विराटनगरमा सञ्चालीत अन्य होटलहरुको तुलनामा राम्रो खाना बस्न र राम्रो सेवा दिने योजना सहित बिग होटल सञ्चालनमा ल्याउन लागिएको व्यवस्थापक केशव पौडेलले बताए ।

उनले वैशाख १ गते नयाँ वर्षको अबसर पारेर होटल सञ्चालन हुने र होटलको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

व्यवस्थापक पौडेलले पाहुनाको सुविधालाई ध्यान दिँदै सुविधा सम्पन्न एसि डिलक्स रुम, स्वीट रुम, सेप्रेट लिफ्ट, स्वीमिङ पुल, क्यासिनोलगायतका सेवा होटेलले दिने बताए ।

उनले होटेलले पाहुनाहरु ल्याउने पुर्याउनेलगायतका सेवासमेत दिने र होटेलमा प्रयाप्त पार्किङको सुविधापनि रहने बताए । होटलमा स्थानिय, चाईनिज, कन्टीनेन्टल, युरोपियन, इटालीयन सवै प्रकारका खाना उपलब्ध हुने व्यवस्थापक पौडेलको भनाई छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.