×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

जर्मन बुन्डेसलिगाकाे उपाधि बायर्न म्युनिखलाई

३ असार २०७७

३ असार, एजेन्सी।
साविक विजेता बायर्न म्युनिखले लगातार आठौं पटक जर्मन फुटबलको शीर्ष डिभिजन लिग, बुन्डेसलिगाको उपाधि जितेको छ । मंगलबार बायर्नले वेर्डर ब्रेमेनको मैदानमा १-० को जित दर्ता गर्दै उपाधि पक्का गरेको हो । लिगको दुई खेल बाँकी रहँदै बायर्न च्याम्पियन बनेको हो ।

बायर्नको जितका लागि फरवार्ड रोबर्ट लेवान्डोस्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक सावित भयो । खेलको ४३ औं मिनेटमा लेवान्डोस्कीले बायर्नलाई अग्रता दिलाएका थिए । उनले जेरोम बोटेङको लामो पासलाई पेनाल्टी क्षेत्रभित्र छातीले नियन्त्रणमा लिँदै दोस्रो टचमा गोल गरेका थिए ।

Advertisement

खेलको ७९ औं मिनेटमा बायर्न १० खेलाडीमा समेटिएको थियो । अल्फोन्सो डेभिसले दोहोरो पहेंलो कार्ड पाएपछि घरेलु टोलीले अन्तिम समयमा एक खेलाडी बढी खेल्न पाएपनि गोल फर्काउन भने सकेन । खेलको ९० औं मिनेटमा ब्रेमेनले अवसर पाएपनि गोलरक्षक तथा कप्तान म्यानुएल नोएर बाधक बने । उनले जस सार्जेन्ट र युया ओसाकोको लगातार प्रहार बचाएका थिए ।

Advertisement

यस जितसँगै बायर्नले ३२ खेलमा ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो । दोस्रो स्थानमा रहेको डर्टमुन्डको ३१ खेलमा ६६ अंक रहेको छ । डर्टमुन्डको ३ खेल बाँकी रहँदा बायर्न १० अंकले अगाडी रहेपछि उपाधि पक्का भएको हो । पराजित ब्रेमेन भने अझैपनि रेलिगेसन क्षेत्रमै सिमित छ । टोलीले ३२ खेलमा २८ अंक मात्र जोडेको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top