ब्राजिल कोरोनाभाइरसः एकै दिन थपिए झण्डै ३५ हजार संक्रमित

३ असार, एजेन्सी ।
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बिस्तार भइरहेको दक्षिण अमेरिकी देश ब्राजिलमा मंगलबार एकै दिन ३४ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो अहिलेसम्म एकै दिन नयाँ संक्रमित थपिएको अहिलेसम्मकै धेरै हो । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार ब्राजिलमा कुल संक्रमितको संख्या ९ लाख २३ हजार भन्दा बढी भएको छ । त्यहाँ कोभिड–१९ बाट हालसम्म ४५ हजार २४१ जनाको ज्यान गएको छ ।

अमेरिकापछि संक्रमित र मृत्यु हुनेको संख्या बढी हुने देश ब्राजिल हो । सरकारी अधिकारीले संक्रमण नियन्त्रणमा रहेको दाबी गरे पनि लगातार बढ्दो क्रममा छ । ब्राजिलमा मंगलबार एकै दिन १२ सय ८२ जनाको कोभिड–१९ बाट ज्यान गएको छ ।

Advertisement

विश्वभर हालसम्म ८१ लाख ५५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चार लाख ४१ हजार ५०५ जनाको ज्यान गएको छ । सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २१ लाख ३७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा एक लाख १६ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top