त्रिवि चिकित्सा अध्ययन संस्थानको डिनमा डा. दिब्या सिंह शाह नियुक्त

त्रिवि चिकित्सा अध्ययन संस्थानको डिनमा डा. दिब्या सिंह शाह नियुक्त

४ असार, काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान (आइओएम) को डिनमा प्रा डा.दिव्यासिंह शाह नियुक्त भएकी छिन् । त्रिवि कार्यकारी परिषद्को बैठकले सिफारिस भएका तीन जनामध्ये उनलाई डिनमा नियुक्ति गरेको हो ।

यसअघि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकका रुपमा कार्यरत रहेकी थिइन् । डा.शाहले सञ्चारकर्मीहरुसँग कुरा गर्दै बिहीबारदेखि कार्यभार सम्हाल्ने जानकारी दिइन् । यसअघिका डिन प्रा डा जगदीशप्रसाद अग्रवालले उमेरहदका कारण जेठ २१ मा अवकाश पाएपछि उक्त पद रिक्त थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.