कोहलपुर अस्पतालमा मृत्यु भएकी महिलामा पनि कोरोना पुष्टि

४ असार,नेपालगञ्ज ।
नेपालगञ्ज मेडिकल कलेजको कोहलपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी कैलालीकी एक महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मङ्गलबार राति मृत्यु भएकी कैलाली लम्की नगरपालिका –२ की ४३ वर्षीया महिलामा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । नेपालगञ्ज मेडिकल कलेजका सहनिर्देशक डा. नितेश कनोडियाका अनुसार महिलाको टाउकोमा चोट लागेर रगत जमेकोमा उनलाई जेठ ३१ गते आइतबार अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

उपचार शुरु गरेर जेठ २ गते दिउँसो उनको स्वाब सङ्कलन गरी भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि लगिएकोमा बुधबार बेलुकी आएको रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको सहनिर्देशक कनोडियाले बताए ।

Advertisement

सहनिर्देशक कनोडियाका अनुसार ती महिलाको आइसियुमा राखेर उपचार भइरहेको थियो । योसँगै दुई दिनको अवधिमा मेडिकल कलेजमा मृत्यु भएका दुई महिलामा कोरोना पुष्टि भएको छ ।

यसअघि सोमबार मृत्यु भएकी बाँकेको बैजनाथकी एक महिलामा पनि कोरोना पुष्टि भएको थियो । कैलाली लम्कीकी महिलाको शव अहिले मेडिकल कलेजको शव गृहमा राखिएको छ । शव व्यवस्थापनका लागि सरोकारवालासँग छलफल भइरहेको अस्पतालले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top