नेकपाले असार १० गतेका लागि बोलायो स्थायी कमिटी बैठक

४ असार, काठमाडौँ ।
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । पार्टीभित्र अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका मुद्दामा विवाद भइरहेका बेला बैठकको मिति तय भएको हो ।

अनिश्चतकालका लागि स्थगित भएको स्थायी कमिटी बैठकको मिति प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको भेटमा तय भएको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ओली र दाहालबीच बुधबार साँझ भेट भएको हो ।

यसअघि ओली र दाहालबीच बैठक कहिले बोलाउने भन्नेमा छलफल भए पनि मिति तय भएको थिएन । स्थायी कमिटी बैठक बोलाएकाले एमसीसीको छिनोफानो अब त्यहीँबाट हुने सम्भावना बढेको छ ।

Advertisement

एमसीसीलाई लिएर नेकपामा विवाद छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यसअघि पहिला २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

Advertisement

भर्खरको समाचार

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

सम्बन्धित समाचार

Scroll to Top