×

NEPAL TIMES UPDATES

Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026
Playing
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा|| Nepal Times
Apr 08, 2026
Playing
विश्व यु द्ध टर्याे, पाकि स्तानले गरायो यु द्धविराम, इरा न मा विजयोत्सव|| Nepal Times
Apr 08, 2026
Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026

कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जीपुल सञ्चालनमा

४ असार २०७७

४ असार, पर्वत ।
लकडाउनका कारण बन्द रहेका पर्वतका दुई वटा पर्यटकीय गन्तव्यमा तीन महिनापछि सेवा सुचारु भएको छ ।

केबलकार मोडलमा निर्माण भएको नेपालकै एकमात्र व्यावसायिक पुल कुस्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो पैदलयात्री बञ्जीपुल आजदेखि नियमितरुपमा सञ्चालनमा आएका हुन् । कुस्मा–बलेवा यान्त्रिक पुल गएको चैत ९ गतेदेखि बन्द भएको थियो भने बञ्जीपुल व्यावसायिकरुपमा सञ्चालनमा नआउँदै लकडाउन सुरु भएको थियो ।

Advertisement

यात्रुको सेवालाई ध्यानमा राखेर सेवा सुचारु गरिएको कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । लकडाउन खुकुलो भएको र यात्रु आवतजावत गर्न थालेका कारण भौतिक दूरी कायम गरी सुरक्षाको उपाय अवलम्बन गरेर सेवा सुचारु गर्ने निर्णय गरिएको उनले बताए ।

“लामो समयको बन्दपछि यात्रुको सुविधा र सुरक्षासमेतलाई ध्यान दिएर सेवा सुचारु गरेका छौँ”, उनले भने । यान्त्रिक पुलमा यसअघि आठ जना यात्रु राखेर यात्रा गराइदै आएकोमा भौतिक दूरी कायम गराउन चार जना मात्रै यात्रु राखिनेछ ।

मास्क अनिवार्य लगाउनुपर्ने र प्रवेश गर्दा र झर्दा स्यानेटाइजर प्रयोग गर्ने व्यवस्थासमेत मिलाइएको उनले जानकारी दिए । यान्त्रिक पुलबाट यस अघि दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्दै आएका थिए ।

यसैगरी सहासिक पर्यटनका लागि निर्माण गरिएको विश्वकै अग्लो पैदलयात्री बञ्जीपुलमा पनि बिहीबारदेखि नै नियमित सेवा सञ्चालनमा आउने भएको छ । कुस्मादेखि बागलुङको बलेवासम्म निर्माण गरिएको पुलमा आवतजावत गर्न शुल्क लिएर खुल्ला गरिएको ‘द क्लिफ’ का सञ्चालक नेत्र पराजुलीले जानकारी दिए ।

पुलमा रु १२० तिरेर आवतजावत खुल्ला गरिएको छ । बञ्जी पुल सम्भवतः नेपालको एकमात्र शुल्क लिएर पैदलयात्रा गर्न पाइने पुल हो । पर्यटक र यात्रुको सुविधालाई ध्यानमा राखेर सुरक्षाका उपायसहित पुल सञ्चालनमा ल्याइएको उनले बताए ।

पुलमा उभिन नपाइने, सरासर यात्रा गर्नुपर्ने र मास्क अनिवार्यरुपमा लगाउनुपर्ने नियम बनाइएको छ । कुश्मा–बलेवा जोड्ने गरी कालीगण्डकी नदीको माथि ५३५ मिटर लम्बाइ र २४५ मिटर उचाइमा पुल निर्माण भएको छ ।

Advertisement

पुलमा नै सञ्चालनमा आएको विश्वको दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै अग्लो स्विङ र नेपालकै अग्लो लठ्ठे पिङ भने तत्काल सञ्चालनमा नआउने सञ्चालक पराजुलीले बताए । (रासस)

भर्खरको समाचार

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

सम्बन्धित खबरहरु

Scroll to Top