रुसमा कोरोना भाइरस संक्रमणबाट करिव ५ सय चिकित्सकको मृत्यु

४ असार ७७, शुक्रबार

५ असार, एजेन्सी । रुसमा कोरोना भाइरस संक्रमणबाट ४ सय ८९ जना चिकित्सकको मृत्यु भएको खबर आएको छ ।

रुसी सरकारी संस्था रोजद्रावनादजोरका अनुसार कोरोना संक्रमणका कारण अहिलेसम्म यति ठूलो संख्यामा चिकित्सकको मृत्यु भएको हो ।

एक महिना अगाडिसम्म मात्र १ सय १ जना चिकित्सकको मृत्यु भएको जनाइएकोमा थप एक महिनापछि चिकित्सक मृत्युको संख्या ह्वात्तै बढेको हो ।

रोजद्रावनादजोरले रुसमा स्वास्थ्य क्षेत्रलाई निगरानी गर्दछ । रोजद्रावनादजोरका प्रमुख अला सामोइलोवाले सुरक्षा सामग्रीको वितरणमा समस्या हुनु नै यसको मुख्य कारण भएको बताएका छन् ।

विश्वमा कोरोना संक्रमणका दृष्टिले तेस्रो धेरै संख्या रहेको रुसमा ५ लाख ६१ हजार बढी संक्रमित छन् । त्यहाँ हालसम्म ७ हजार ६ सय ६० जनाको मृत्यु भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top