राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धि नीतिमा कडाई गर्न दिएको निर्देशन सर्वोच्चद्वारा खारेज

४ असार ७७, शुक्रबार

५ असार, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै लिएका आप्रवासनसम्बन्धि नीति अमेरिकाको सर्वोच्च अदालतले खारेज गरेको छ ।

राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धि नीतिमा कडाइ गर्दै गैरकानुनी रुपमा अमेरिका प्रवेशमा रोक लगाउनुपर्ने आदेश जारी गरेका थिए ।

अदालतको आदेशले कागजपत्र बिना अमेरिका प्रवेश गरेका ६ लाख ५० हजार भन्दा बढी युवाहरुलाई फिर्ता पठाउने सरकारी निर्णयलाई खारेज गरेको छ ।

सन् २०१२ मा तत्कालीन राष्ट्रपति बाराक ओबामा सरकारले गरेका कामलाई निरन्तरता दिने तल्लो अदालतको फैसला सही भएको जनाएको छ ।

राष्ट्रपति ओबामाले अघिल्लो सरकारले ल्याएको बालबालिकासम्बन्धी कार्यक्रमलाई खारेज गरेर आप्रवासनसम्बन्धी नीतिमा कडाइ गर्ने बताएका थिए ।

अदालतको निर्णयसँगै आप्रवासीहरुले निर्वासन र संयुक्त राज्य अमेरिकामा काम गर्नका लागि उनीहरुको अधिकारको संरक्षण गरेको बताइएको छ ।

पछिल्लो समय अमेरिकामा विभिन्न देशबाट बिना कागजपत्र बालबालिका ल्याउने क्रम बढेसँगै ट्रम्प प्रशासनले आप्रवासन नीतिमा कडाइ गरेको हो ।

अदालतको फैसलालगत्तै राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतबाट आउने यी डरलाग्दो र राजनीतिक पूर्वाग्रहका आधारमा लिइएका निर्णयहरु आफूलाई रिपब्लिकन वा कन्र्जभेटिभ भनेर चिनाउनेहरुको इशारामा भएको प्रतिक्रिया दिएका छन् ।

यसैबीच अदालतले पछिल्लो समय राष्ट्रपति ट्रम्पका एक पछि अर्को कदमहरुमा रोक लगाउन थालेको छ ।

सोमबार मात्र समलिंगीहरुलाई कार्यक्षेत्रमा विभेद नगर्न सरकारको नाममा अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top